सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चीनमा प्रसिद्ध अर्बपतिलाई १८ वर्ष जेल सजाय

चीनमा प्रसिद्ध अर्बपतिलाई १८ वर्ष जेल सजाय

  • मिडिया डबली
  • आइतवार, श्रावण १७ २०७८

  • 3.9K
    SHARES

  • चीनमा प्रसिद्ध अर्बपतिलाई १८ वर्ष जेल सजाय

    काठमाडौं – चीनले प्रमुख उद्योगपतिहरूलाई दण्डित गर्ने पछिल्लो कदमअन्तर्गत हक्की स्वभावका एक प्रसिद्ध अर्बपतिलाई १८ वर्षका लागि जेल सजाय गरेको छ ।

    चीनमा मानव अधिकार र अन्य संवेदनशील राजनीतिक विषयमा अभिव्यक्ति दिने सन डउ अर्बपतिलाई १८ वर्षको जेल सजाय सुनाइएको हो । 

    अर्बपति डउमाथि विवाद सिर्जना गर्न खोजेको र विषयलाई भड्काउने प्रयास गरेको आरोप लगाइएको थियो ।

    चीनमा प्रजातन्त्र र मानव अधिकारको वकालत गर्ने व्यक्तिहरूलाई सोही मुद्दा लगाइने गरेको बताइन्छ । यसमा डउ पनि दोषी पाइएका हुन् । उनलाई गत वर्ष पक्राउ गरिएको थियो । सरकारी कम्पनीसँगको जमिनको विवादमा डउसहित २० आफन्त र व्यावसायिक साझेदारहरू पक्राउ परेका थिए ।

    डउले उत्तरी हेबेई प्रान्तमा रहेको देशका सबैभन्दा ठूलामध्ये एक निजी कृषि व्यवसाय सञ्चालन गर्दै आएका छन् । डउको कम्पनीले चीनमा मासु प्रशोधनदेखि स्कूल तथा अस्पताल पनि सञ्चालन गर्दै आएको छ । 

    ६७ वर्षीय डउमाथि अवैध रूपमा कृषि फार्मको जमिन हडपेको, राज्यका निकायमाथि आक्रमण गर्न भीड जम्मा गरेको र सरकारी कर्मचारीलाई आफ्नो काम गर्न नदिएको जस्ता आरोप पनि लगाइएको छ । उनलाई ३१ लाख १० हजार युआन बराबरको जरिवाना पनि गरिएको छ ।

    अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार पक्राउ पर्दा उनले यो विवादमा प्रहरीसँग भएको झडपमा आफ्ना दर्जनौं कर्मचारी घाइते भएको बताएका थिए । डउले यसअघि पनि सरकारी नीतिको आलोचना गर्दै आएका थिए ।

    यसअघि सन् २००३ मा पनि उनी अवैध सहयोग उठाएको आरोपमा पक्राउ परेका थिए । तर आम मानिसहरूको सहयोग र व्यापक विरोधपछि उनी छुटेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend