काठमाडौं – कोभिड–१९ भाइरस संक्रमणको जोखिम बढेकाले फेरि स्मार्ट लकडाउन गर्नुपर्ने निर्णय गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माथिल्लो निकायमा सिफारिस गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज शुक्रबार साँझ सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठकमा स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउनको प्रस्ताव गरेको छ ।
बैठकपछि सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले स्मार्ट लकडाउनको प्रस्ताव भएको र अर्को बैठकमा टुंगोमा पुग्ने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि पहिलोपटक लकडाउनबारे छलफल हुन थालेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।