काठमाडौं – नेपालमा शुक्रबार बिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएकोमा साँझ फेरि अर्काे भूकम्प गएको छ ।
शुक्रबार साँझ ६ः५७ बजे खोटाङको खर्मी केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खोटाङको खर्मी आसपास केन्द्रविन्दू भएर ४.२ रेक्टरस्केलको भूकम्प गएको छ ।
केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईका अनुसार भूकम्प गोरखा भूकम्पको परकम्प नभएर नयाँ भएको अनुमान गरिएको छ । भूकम्पबारे आवश्यक अनुसन्धान भइरहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
आजै शुक्रबार बिहान ०७ः०५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको थियो । भूकम्प ३.५ म्याग्निट्यूडको रहेको केन्द्रले जनाएको छ । साँझको भूकम्प बिहानभन्दा ठूलो भएर आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।