काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत पत्याएनन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठकमा सुनाएको नीति तथा कार्यक्रम सकिएलगत्तै सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको बताए ।
संसद भवन नयाँबानेश्वर परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मुख्य कुरा कार्यान्वयन हो । कोरोना भाइरसले सबैतिर जटिलता पैदा गरेको छ । त्यसकारण चुनौती चाहिँ कार्यान्वयनकै छ । मलाई लाग्छ यो कार्यान्वयन गर्न सकियो भने चाहिँ यसले राम्रै गति लिन्छ ।’
कोरोना भाइरस संक्रमणको महामारीलाई नजरअन्दाज गर्दै सरकारले अव्यावहारिक नीति तथा कार्यक्रम ल्याएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले समेत नीति तथा कार्यक्रमलाई आत्मप्रशंसाको पुलिन्दा भनेर प्रतिक्रिया दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।