बेइजिङ - सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणका कारण विश्व आक्रान्त बनेको छ । करिब डेढ वर्ष बितिसक्दा पनि विश्वले कोरोना महामारीबाट मुक्त पाउने सम्भावना छैन । करोडौं मानिसहरु संक्रमित भएका छन् भने लाखौं मानिसहरुको मृत्यु भइसकेको छ ।
तर, यसको उत्पत्ति कसरी भयो भन्ने विषयमा भने हालसम्म कुनै यथेष्ट प्रमाण फेला परेको छैन । पछिल्लो समय कोरोना महामारीको उत्पत्ति चीनको वुहानस्थित एक प्रयोगशालाबाट यो लिक भएको हो भन्ने सिद्धान्त बलियो बन्दै गएको छ ।
सुरुमा जनावरबाट कोरोना महामारी फैलिएको हुनसक्ने बताए पनि यस विषयमा गरिएका विभिन्न अनुसन्धानहरु र पहिले प्रयोगशालाबाट लिक भएपछि फैलिएको संक्रमणहरुको अध्ययन गर्दा यो वुहानको प्रयोगशालाबाट नै लिक भएको हो कि भन्ने तर्क बलियो बन्दै गएको छ ।
सन् २०१९ मा कोरोना उत्पत्ति हुँदा चीनले ढाकछोप गरेका कारण पनि यसप्रति आशंकाहरु बढ्दै गएका हुन् । चीनले कोरोना भाइरस जनावरबाट फैलिएको हुनसक्ने बताएको थियो । सुरुमा चीनको वुहानको 'वेट मार्केट'बाट फैलिएको आशंका गरिएको छ ।
समुद्री माछालगायतका प्रजातिको सेवनबाट कोरोना फैलिएको हुनसक्ने बताइएको थियो । पछि कोरोना संक्रमण चमेरोको टोकाइबाट अथवा चमेरोको मासु खाँदा फैलिएको बताइएको थियो । त्यसपछि सुँगुरहरुबाट पनि कोरोना संक्रमण सरेको हुनसक्ने तर्क गरिएको थियो ।
चीनमा केही समयमा लागि सुँगुरको मासुसमासमेत प्रतिबन्ध लगाइएको थियो । तर, विभिन्न अनुसन्धानहरुले भने प्रयोगशालाबाट लिक भएको हुसक्ने तर्क गरेका छन् । प्रयोगशालाबाट लिक भएको तर्क र सिद्धान्तहरु बलियो हुँदै गएपछि जनावरबाट फैलिएको हुनसक्ने तर्क भने अन्त्य हुँदै गएको छ। यस विषयमा बहस र अनुसन्धानहरु पनि कम गर्दै लगिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।