सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चीनमा कोरोना भाइरस देखिएपछि फेरि यात्रा प्रतिबन्ध 

चीनमा कोरोना भाइरस देखिएपछि फेरि यात्रा प्रतिबन्ध 

  • मिडिया डबली
  • बुधवार, आषाढ १६ २०७८

  • 4.2K
    SHARES

  • चीनमा कोरोना भाइरस देखिएपछि फेरि यात्रा प्रतिबन्ध 

    काठमाडौँ- दक्षिणी चिनियाँ प्रान्त गुआंग्डोंग प्रान्तको ग्वाञ्जाउमामा फेरि कोरोना भाइरसको संक्रमण देखिएपछि यात्रा प्रतिबन्ध लगाइएको छ । चीनले सोमबारदेखि दक्षिणी प्रान्त गुआंग्डोंगमा कोरोना महामारी नियन्त्रणको प्रयासस्वरुप यात्रा प्रतिबन्ध लगाएको हो । 

    अधिक जनसंख्या भएको गोन्जाउबाट कोही बाहिर जानुपरेमा अनिवार्य कोरोना भाइरसको परीक्षण रिपोर्ट देखाउनुपर्ने र ४८ घण्टाअघिसम्म कोरोना नेगेटिभ भएको हुनुपर्ने जनाइको छ । 

    हंगकंगको सिमाना रहेको गुआंग्डोंगले २० जनामा नयाँ कोरोना भाइरसको संक्रमण देखिएको हो । स्थानीय रुपमा यो संक्रमण फैलिएको पाइएको हो । कुनै ट्रभाल हिस्ट्री नभएकाहरुमा यो संक्रमण पुष्टि भएक्पछि मास टेस्टिंग गरिने भएको छ । विश्वका अन्य क्षेत्रको तुलानामा गोन्जाउमा संक्रमितको संख्या निकै कम रहेको छ । तर, यो किसिमको वृद्धिले चिनियाँहरुलाई नै चकित पारेको छ । कोरोना महामारी नियन्त्रणमा सफलता प्राप्त गेरेको चीनमा फेरि संक्रमण देखिन थालेपछि चिनियाँ नेताहरु चिन्तित बनेका हुन् । 


    मानिस बिहान १० बजे पछि हवाईजहाज, ट्रेन, बस वा निजी कारबाट गुआंग्डोंग छोडेर जाने भएमा अनिवार्य पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने प्रावधान राखिएको जनाइएको छ । प्रान्तका विभिन्न क्षेत्रमा कोरोना परीक्षण स्टेशन बनाउनुपर्ने बताइएको छ । 

    प्रान्तीय राजधानी गुआन्जाउ एक विजनेश सेन्टर मानिन्छ । १५ मिलियन मानिसहरुको बसोबास रहेको गोन्जाउमा बृहत परीक्षण नगरिने हो भने समस्या भयावह हुने बताइएको छ । सरकारले सात लाख मासिनहरुलाई बुधबारसम्म परीक्षण गरिसक्ने भएको बताइएको छ । 

    चीनमा सन् २०१९ को डिसेम्बर अन्तिमबाट सुरु भएको कोरोना महामारीले विश्वभर लाखौं मानिसहरुको मृत्यु भएको छ भने करोडौं मानिसहरुमा संक्रमण भएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend