आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना नघटेपछि पर्सिदेखि देशभर लकडाउन गर्ने निर्णय

कोरोना नघटेपछि पर्सिदेखि देशभर लकडाउन गर्ने निर्णय

  • मिडिया डबली
  • शनिवार, आषाढ १२ २०७८

  • 8.4K
    SHARES

  • कोरोना नघटेपछि पर्सिदेखि देशभर लकडाउन गर्ने निर्णय

    काठमाडौं – भारतसहित दक्षिण एसियाका केही देशमा कोरोना भाइरस संक्रमणको दर घटेको देखिएपनि बंगलादेशमा संक्रमण ह्वात्तै बढेपछि पर्सि सोमबारदेखि देशव्यापी लकडाउन गर्ने निर्णय भएको छ ।

    कोरोना संक्रमण दर नघटेपछि बंगलादेश सरकारले सोमवारदेखि कडा लकडाउनको घोषणा गरेको हो ।

    पछिल्ला केही दिनमा कोरोनाका संक्रमितहरु बढ्दै गएपछि लकडाउन घोषणा गरिएको राजधानी ढाकाका सञ्चारमाध्यमले जनाएका छन् ।

    सरकारी निर्णय अनुसार लकडाउन आगामी सोमवारदेखि सुरु भएर १ हप्तासम्म रहने छ । 

    लकडाउनका बेला सबै सरकारी कार्यालय तथा अदालतहरु बन्द रहने भएका छन् तर औद्योगिक क्षेत्र भने आलोपालो चल्ने जनाइएके छ । लकडाउनमा सबै सार्वजनिक तथा निजी कार्यालय र अदालत बन्द रहने भएका छन् । 

    बंगलादेशमा पछिल्लो २४ घण्टामा ५ हजार ८३० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ भने १०८ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो समय संक्रमण तथा मृत्युको दर पनि बढ्दै गएको जानकारी दिएको छ ।

    हालसम्म बंगलादेशमा ८ लाख ७८ हजार ५९४ जनामा संक्रमण देखिएको छ । हालसम्म संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या करीब १४ हजार रहेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०७:३२:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend