लाओ काइ - लाओ काइ अन्तर्राष्ट्रिय बोर्डर गेटको बोर्डर स्टेशन र उत्तरी प्रान्त लाओ काइको सार्वजनिक सुरक्षा विभाग अन्तर्गत अध्यागमन व्यवस्थापन कार्यालयले मे २९ मा १६ जना चिनियाँ नागरिकलाई चीनको युनान प्रान्तस्थित हेकोउ जिल्लाका अधिकारीहरूलाई हस्तान्तरण गरेको छ ।
हस्तान्तरण गरिएकाहरु सबै पुरुष चिनियाँ नागरिकहरू रहेका थिए । उनीहरु १८ देखि ३५ वर्ष उमेर समूहका थिए । उनीहरु चीनको विभिन्न सहरबाट अवैधरुपमा भियतनाम प्रवेश गरेका थिए । गत मार्चमा प्रवेश गरेका उनीहरुलाई पश्चिमी प्रान्त ताइ नेनबाट अप्रिलमा पक्राउ गरिएको हो ।
मे २६ मा लाओ काइ प्रहरी र लाओ काइ अन्तर्राष्ट्रिय बोर्डर स्टेसनले थप चार अवैध चिनियाँ आप्रवासीहरूलाई चीनतर्फ नै फिर्ता गरेको थियो । उनीहरुलाई चीन पठाउनुअघि कोरोना परीक्षण गरिएको थियो । उनीहरुको रिपोर्ट नेगेटिभ आएको थियो ।
चीनमो ज्यादती बढ्न थालेपछि अवैधरुपमा छिमेकी मुलुक प्रवेश गर्नेक्रम बढेको छ । यसलाई रोक्न चीन सरकारले भने कुनै पहल गरेको छैन । नागरिकहरुमाथिको दमनलाई चीनले थप बढावा दिइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।