सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

चीनमा पक्राउ परेको अस्ट्रेलियन नागरिकले यातना भोगिरहेको प्रमाण पेश गर्न माग 

चीनमा पक्राउ परेको अस्ट्रेलियन नागरिकले यातना भोगिरहेको प्रमाण पेश गर्न माग 

  • मिडिया डबली
  • मंगलवार, आषाढ १ २०७८

  • 5.7K
    SHARES

  • चीनमा पक्राउ परेको अस्ट्रेलियन नागरिकले यातना भोगिरहेको प्रमाण पेश गर्न माग 

    काठमाडौँ- अस्ट्रेलियन लेखक यांग हेंगजुनलाई चिनियाँ अधिकारीहरुले पक्राउ गरेर जासुसी गरेको आरोपमा मुद्दा चलाइएको छ । तर, उनले भने कुनै पनि जासुसीमा आफू संलग्न नभएको दाबी गरिरहेका छन् । उनले न्यायाधीशलाई आफूविरुद्धका सबै झुटा प्रमाणहरु हटाउन आग्रह गर्दै आफूलाई यातना दिइरहेको प्रमाणहरु पेश गर्न माग गरेका छन् । 

    उनले साथीलाई पठाएको सन्देश अनुसार उनले चिनियाँ हिरासतमा यातना दिइएको छ । उनलाई अनावश्यकरुपमा जासुसी गरेको आरोपमा पक्राउ गरेको हो । चिनियाँ अधिकारीहरुले राज्यको सुरक्षासम्बन्धी जासुसीमा उनी संलग्न भएको दाबी गरेका छन् । तर, उनले अस्वीकार गरे पनि चिनियाँ अधिकारीहरुले दोष स्वीकार्न यातना दिएका थिए । 

    उनले आफूलाई झुटा आरोपमा नियन्त्रणमा लिएर, झुटा प्रमाणहरु बनाएर यातना दिएकोमा भूराजनीतिक तनाव उत्पन्न हुने चेतावनीसमेत दिएका छन् । उनले अन्तर्राष्ट्रिय सम्बन्धमा आएको तनाव, राजनीतिक दबाब अथवा राष्ट्रिय सुरक्षाका नाममा कुनै गलत निर्णय लिइएको निकै नराम्रो हुने बताएका छन् । 

    जनवरी २०१९ मा यांगलाई पक्रउा गरिएको थियो । पछिल्लो समय अष्ट्रेलिया र चीनबीच कूटनीतिक सम्बन्धमा तनाव उत्पन्न भएको छ । चीनले अष्ट्रेलियाबाट केही आयातमा ब्यापार प्रतिबन्ध लगाएको छ र कोरोना भाइरसको उत्पत्तिमा अन्तर्राष्ट्रिय अनुसन्धान गर्न आह्वान गरेकोमा आक्रोश व्यक्त गरेको थियो । 

    अष्ट्रेलियाले यांगविरुद्ध झुटा आरोप लगाएर हिरासतमा राख्नु गैरकानुनी रहेको जनाएको छ । अस्ट्रेलियाले आफ्ना नागरिकलाई तत्काल रिहा गर्नसमेत माग गरेका छन् । शुक्रबार विदेशमन्त्री मारीस पाइनले उनको रिहाइका लागि पहल भइरहेको बताएकी हुन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend