आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विश्वमै सबैभन्दा तीव्रगतिमा खोप लगाउने मुलुक बन्यो भारत, ११४ दिनमा १७ हजार डोज खोप लगाइए 

विश्वमै सबैभन्दा तीव्रगतिमा खोप लगाउने मुलुक बन्यो भारत, ११४ दिनमा १७ हजार डोज खोप लगाइए 

  • मिडिया डबली
  • मंगलवार, जेठ २५ २०७८

  • 7.3K
    SHARES

  • विश्वमै सबैभन्दा तीव्रगतिमा खोप लगाउने मुलुक बन्यो भारत, ११४ दिनमा १७ हजार डोज खोप लगाइए 

    नयाँदिल्ली - विश्वभर फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रणका लागि खोप अभियान सञ्चालन गरिएको छ । सन् २०२१ को जनवरीदेखि विश्वभरका अधिकांश मुलुकहरुमा खोप लगाउन थालिकाएको हो । 

    हालसमम्म विश्वमा सबैभन्दा तीव्र गतिमा खोप अभियान चलाइरहेको मुलुक भारतमा पछिल्लो ११४ दिनमा १७ करोड डोज खोप लगाइसकीएको भारतीय स्वास्थ्यमन्त्ती  हर्ष वर्धनले जानकारी दिएका न् । उनले भारत आफ्ना नागरिकको स्वास्थ्यमा निकै गम्भीर रहेकोसमेत बताएका छन् । 

    मन्त्रीले राज्यका स्वास्थ्य मन्त्रीहरू र प्रमुख सचिवहरू र जम्मुकाश्मीर, उत्तराखण्ड, हरियाणा, पंजाब, बिहार, झारखंड, ओडिशा र तेलंगानाकालगायतकाा राज्यका अतिरिक्त मुख्य सचिवहरूसँग कुराकानी गरेका छन् । कोरोना भाइरसको उच्च संक्रमण र उच्च मृत्युदर भएका राज्यहरुमा कोरोनाविरुद्धको खोपलाई तीव्रता दिने विषयमा उनीहरुबीच छलफल चलिरहेको छ । 

    श्री वर्धनले राज्यहरुलाई स्वास्थ्यकर्मी र अग्रणी भागमा रहेका काम गर्नेहरु र स्वास्थ्यकर्मीलाई सबैभन्दा पहिलो खोप लगाउने सुनिश्चितता गर्नसमेत निर्देशन दिएका छन् । उनले कोरोनाविरुद्धको लडाइँमा खोप नै सबैभन्दा ठूलो हतियार भएको बताएका छन् । 

    उनले करिब १३ करोडभन्दा बढीलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज र करिब तीन करोडभन्दा बढीलाई पहिलो र दोस्रो गरि दुबै डोज खोप लगाइसकेको बताएका छन् । उनले पहिलो खोप लगाएकाहरुलाई तोकिएको अवधिमै दोस्रो डोज खोप लगाउने कुरामा विशेष ध्यान दिएको उनले बताएक छन् । 

    भारतमा अप्रिल अन्तिमदेखि मे आधासम्म कोरोना भाइरस संक्रमित र मृत्यु हुनेहरुको संख्या तीव्ररुपमा बढेको भए पनि हाल भने कम हुँदै गएको छ । कोरोनाविरुद्धको दुई वटा खोप भारतमा उत्पादन भइरहेको छ । यसअघि विश्वभरका विभिन्न मुलुकमा खोप वितरण गरेको भारतले हाल भने निर्यातमा रोक लगाउँदै आफ्ना नागरिकलाई लगाइसकेपछि मात्रै अन्यत्र वितरण गर्ने जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०६:११:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend