नयाँदिल्ली - रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) को प्राथमिक कार्य भनेको नयाँ नयाँ हतियारको आविष्कार गर्नु, रणनीतिक मिसाइल र ब्यालिस्टिक मिसाइल बनाउनु, पनडुब्बीहरूको विकास गर्नु हुन्छ ।
भारतमा कोरोना महामारीको दोस्रो लहरले मुलुकमा संकट सिर्जना गरेपछि डीआरडीओ मिसाइल निमार्ण र परीक्षणलाई केही समय रोकेर कोभिडमा केन्द्रित भएको छ ।
अहिले डीआरडीओ भारतीयहरुको जीवन बचाउन खटिरहेको छ । कोभिड १९ को संक्रमण भारतमा तीवै बनेपछि भारतको स्वास्थ्य प्रणालीले धान्न नसक्ने स्थिति सिर्जना भयो भने अतिआवश्यक प्राणवायु अक्सिजनको चरम अभाव भयो । यस्तो अवस्थामा डीआरडीओले अस्पतालहरुको व्यवस्थापन, अक्सिजन उत्पादन र आपूर्ति तथा अतिआवश्यक औषधिको ढुवानीमा आफूलाई केन्द्रित गरेको छ ।
डीआरडीओले भारतका विभिन्न स्थानहरुमा कोभिडका बिरामीहरुलाई उपचार गर्न अस्थायी अस्पतालहरु बनाएर उपचार सुरु गरेको छ । राज्यका अधिकारीहरुसँगको परामर्शमा आईसीयू बेड, अक्सिजन बेड र सामान्य बेडको व्यवस्थापनामा आफ्नो जनशक्ति र सामथ्र्य परिचालन गरेको छ ।
कोभिड १९ बिरामीहरुको उपचारका सरकारले तोकेको मापदण्डहरु अनुसार काम गरिरहेको छ । कोभिड १९ का कारण भारतका विभिन्न राज्यहरुमा लकडाउन जारी गरिएका कारण अस्पताल जान नसक्ने र गम्भीर अवस्थामा पुगेकाहरुलाई हेलिकोप्टरमार्फत उद्धार गर्ने काममा पनि डीआरडीओ परिचालित भएको छ ।
डीआरडीओले कोभिड १९ का बिरामीहरुको लागि उपचार गर्न दिल्ली, अहमदाबाद, लखनऊ, वाराणसी, गान्धी नगर, हल्द्वानी, ऋषिकेश, जम्मू र श्रीनगर जस्ता शहरहरूमा अस्थायी अस्पतालहरु स्थापना गरेको छ । यससँगै ती अस्थायी अस्पतालमा आउने बिरामीहरुको उपचारका लागि आवश्यक अक्सिजनको व्यवस्थापन गरेको छ । त्यहाँ आईसीयू र भेन्टिलेटरको पनि सुविधा उपलब्ध गराएको छ ।
पछिल्लो समय पनि भारतमा कोरोना संक्रमणको अवस्था नियन्त्रणतर्फ गइरहेको छ । भारतका सबै क्षेत्रको एकीकृत पहलका कारण कोरोना संक्रमण नियन्त्रणको दिशातर्फ गएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।