काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मासिक २० हजार रुपैयाँ तलब लिने गरेको खुलासा भएको छ ।
हिमालय टेलिभिजनको कार्यक्रम यक्ष प्रश्नसँगको अन्तर्वार्तामा प्रस्तोता राजेन्द्र बानियाँले सोधेको प्रश्नको जवाफ दिँदै महासचिव विप्लवले पार्टीले आफूलाई मासिक तलब दिने गरेको बताए ।
प्रस्तोता बानियाँले अन्तर्वार्तामा सोधे, ‘तपाईंलाई तपाईंको पार्टीले मासिक कति तलब दिन्छ ?’ महासचिव विप्लवले जवाफ दिए, ‘म २० हजार लिन्छु ।’
अन्तर्वार्तामा बोल्दै महासचिव विप्लवले आफूले ट्रयाक्टर लगाउने लगायतका काम गर्ने गरेको बताउँदै हातका फोका देखाएका छन् । ‘यो कुनै बनावटी कुरा होइन, हाम्रो एउटा सपना छ,’ विप्लवले भने, ‘हामीले त्यो गरेर देखाउँदै पनि छौं ।’
महासचिव विप्लवको अन्तरवार्ता आज बुधबार राति ९ बजे हिमालय टेलिभिजनमा प्रसारण हुने जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।