सियोल - चीनले जासुसीका लागि नयाँ फ्लास पाइन्ट दक्षिण कोरियालाई बनाएको छ । करिब सात दशकअघिको कोरियाली युद्धका क्रममा सियोलमा बइगंयोंग अमेरिकाका लागि उत्तर कोरियामा जासुसी गर्ने मुख्य स्थान बनेको थियो । तर, सात दशकपछि उक्त स्थानलाई चीनले जासुसीका लागि प्रयोग गरिरहेको छ ।
चीनले डिसेम्बरमा टापु नजिकको एउटा स्वायत्त सीमा पार गरेर पहेलो सागरमा देशको दाबीहरूको सीमा जाँच गर्न युद्धपोत पठाएर दक्षिण कोरियालाई उत्साहित पारेको थियो। दक्षिण कोरियाली सांसदहरूले उक्त कामलाई दुर्लभको संज्ञा दिएका थिए । तर, चीनले भने विवादित क्षेत्रमा आफ्नो सेनाको उपस्थिति बढाउने उपयुक्त अवसरलाई सदुपयोग गरेको थियो ।
बइगंयोंगका करिब पाँच हजार नागरिहरु पनि नजिकैको तटवर्ती क्षेत्रमा चिनियाँ जहाजहरु देखेपछि अचम्मित परेका थिए । चिनियाँ सेना निकै रणनीतिक क्षेत्र, जुन बोहई जलसञ्चको धारामा बसिरहेका छन् । बेइजिंगलाई जलमार्ग प्रदान गर्ने मुख्य नाकामा चिनियाँ सेना बसेका हुन् । विगतमा उक्त मार्ग कोरियन युद्धका लागि प्रयाग भएको थयिो । यस टापुको क्वार्टजाइट समुद्री तट, विश्वको एक मुट्ठीभर प्राकृतिक रनवे कोरियाली युद्धमा सार्फीका लागि प्रयोग भएको थियो ।
आजीविका लागि टापुमा समुद्री खाना संकलन गरिरहेका पार्क सून एले उत्तर कोरिया प्रमुख चिन्ताको विषय भएको बताए । उनले एक दर्जन भन्दा बढी चिनियाँ सेनाका जहाजहरु समुद्री क्षेत्रमा प्रवेश गरेको जानकारी दिए । उनले आफू बसेको पछिल्लो भागतर्फको समुद्री तटीय क्षेत्र देखाउँदै चिनियाँ जहाजहरु केही हप्ताअघि त्यही रोकेको बताए ।
बेइजिंगको नौसैनिक विस्तारमा अधिक ध्यान केन्द्रित भएको छ । चिनियाँ नौसेनाले दक्षिण र पूवी समुद्रसँगै सबै छिमेकी मूलकहरुको सीमा क्षेत्रमा तैनाथ अवस्थामा रहेका छन् । दक्षिण कोरियामा पनि चिनियाँ सेनाले अमेरिकाको जासुसी गर्नका लागि बसिरहेको बताइएको छ ।
पछिल्लो समय भारत, जापान, फिलिपिन्स, मलेसिया, भियतनाम, नेपाललगायतका सबै छिमेकीसँग चीनको सीमा विवाद चलिरहेको छ । त्यसैगरि चीनले अन्य मुलुकहरुसँग पनि जासुसी गर्ने तथा साइबर आक्रमणका गतिविधिहरु गरिरहेको छ । जसले गर्दा विश्वलाई चीनविरुद्ध एक हुन प्रेरित गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।