ब्रसेल्स - चीन र युरोपियन युनियनबीच हुने भनिएको लगानी सम्झौतालाई स्वीकार गर्न नसकिने ईयूका सांसद्हरुले बताएका छन् । युरोपियन युनियनका सांसद्हरुले चीनको लगानीलाई रोक्नसमेत माग गरेका छन् ।
साउथ चाइना मोर्निंग पोस्टका अनुसार बुधबार युरोपेली संसदमा भएको छलफलमा ३० जनाभन्दा बढी सदस्यहरूले गत महिना बेइजिंगले लगाएको प्रतिबन्धकोसमेत खण्डन गरेका थिए । यस निर्वाचनमा निर्वाचित अधिकारी, राजदूत, शिक्षाविद् र थिंक ट्यांकहरुको एउटा समूहलाई लक्षित गरिएको थियो ।
उनीहरूले चीनलाई लगानी सम्झौतालाई अगाडि बढाउन नसकिने बताएका हुन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनले मानवअधिकारको पक्षमा खर्च नगरेको, मानवअधिकारको चरम उल्लंघन गरेका कारण चिनियाँ लगानीलाई स्वीकार गर्न नसकिने बताएका हुन् ।
चीनको बढ्दो प्रभाव र हस्तक्षेपकारी भूमिकालाई रोक्नका लागि ठोस कदम चाल्नुपर्ने समय आइसकेको समेत ईयूका सांसद्हरुले बताएका छन् । यसअघि ईयुले इण्डो प्यासिफिक क्षेत्रमा बढ्दो चिनियाँ प्रभावलाई रोक्नका लागि नयाँ रणनीति सार्वजनिक गरेको थियो ।
ईयूले चीनको सिन्जियांगमा मानवअधिकारको चरम उल्लंघन गर्दै अल्पसंख्यक उइगर मुस्लिम समुदायका मानिसहरुलाई यातना दिने गरेको भन्दै केही चिनियाँ अधिकारीहरुलाई प्रतिबन्ध लगाएको थियो । त्यसको बदलामा चीनले पनि चीनको उइगरका अधिकारको पक्षमा वकालत गर्ने सांसद्हरुलाई प्रतिबन्धको घोषणा गरेको थियो ।
अमेरिका, बेलायतलगायतका पश्चिमा मुलुकहरुसँगको सम्बन्ध तनावपूर्ण बनिरहेको समयमा ईयूले चीनको लगानीसम्बन्धी प्रस्तावलाई स्वीकार गर्न नसकिने बताएका हुन् । ईयुका प्रमुख कूटनीतिज्ञ जोसेप बोरेलले मानवअधिकारको रेकर्डका कारण आलोचना भएको भन्दै चीनसँग तत्कालन कुनै सम्झौता हुन नसक्ने बताएका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।