काठमाडौं – लमजुङ जिल्लामा केन्द्रबिन्दु बनाएर बुधबार बिहानै भूकम्प गएको छ ।
बुधबार बिहान ५ः४२ बजे लमजुङको भुलभुलेमा केन्द्रबिन्दु भएर ५.८ रेक्टर स्केलको भूकम्प आएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का राजधानी काठमाडौं उपत्यकासम्म नै महसूस भएको थियो । लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीमा समेत धक्का महसूस गरिएको स्थानीयले जनाएका छन् ।
यसअघि बैशाख १५ गते कलंकी केन्द्रबिन्दु भएर ३.५ रेक्टर स्केलको भूकम्पको धक्का महसूस गरिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।