आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना निको हुने औषधि बन्यो : मोदी सरकारका मन्त्रीले गरे सार्वजनिक, अक्सिजन नचाहिने !

कोरोना निको हुने औषधि बन्यो : मोदी सरकारका मन्त्रीले गरे सार्वजनिक, अक्सिजन नचाहिने !

  • मिडिया डबली
  • सोमवार, जेठ ३ २०७८

  • 9.3K
    SHARES

  • कोरोना निको हुने औषधि बन्यो : मोदी सरकारका मन्त्रीले गरे सार्वजनिक, अक्सिजन नचाहिने !

    काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारी विश्वभर फैलिरहेका बेला भारतले कोरोना निको हुने औषधि सार्वजनिक गरेको छ ।

    भारतको ‘डिफेन्स रिसर्च एन्ड डेभेलपमेन्ट अर्गनाइजेसन’ (डीआरडीओ) ले बनाएको औषधि प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले सोमबार सार्वजनिक गरेको छ ।

    भारतका केन्द्रीय रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्षवद्र्धनले कोरोना विरुद्धको २ डिओक्सि–डी–ग्लुकोज नामक औषधि सार्वजनिक गरेका भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

    भारतको डीआरडीओको ‘इन्स्टिच्युट अफ न्युक्लियर मेडिसिन एण्ड एलाइड साइन्सेज’ले डा. रेड्डी प्रयोगशालासँगको समन्वयमा औषधि विकास गरेको छ ।

    धुलोको रूपमा आउने औषधिलाई पानीमा घोलेर खाने गरी तयार गरिएको छ । औषधिले भाइरसले प्रभावित बनाएको कोषसम्म पुगेर भाइरसको बृद्धि तथा भाइरल संश्लेषण रोक्ने र ऊर्जा उत्पादन गर्ने बताइएको छ ।

    कोरोना लागेका व्यक्ति छिटो निको हुने र अक्सिजनमा भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्ने दाबी गरिएको छ ।

    दोस्रो लहरबाट प्रभावित बनेको भारतमा कोरोना विरुद्धको औषधिले कोरोना संक्रमण रोक्ने तथा अस्पतालमा उपचारार्थ बिरामी छिटो निको हुने भारत सरकारको विश्वास रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०७:३२:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend