आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

इन्डो-प्यासेफिक क्षेत्रमा ईयूको गहिरो चासो, चीनविरुद्ध मैदानमा उत्रियो ईयू

इन्डो-प्यासेफिक क्षेत्रमा ईयूको गहिरो चासो, चीनविरुद्ध मैदानमा उत्रियो ईयू

  • मिडिया डबली
  • शनिवार, जेठ १ २०७८

  • 14.4K
    SHARES

  • इन्डो-प्यासेफिक क्षेत्रमा ईयूको गहिरो चासो, चीनविरुद्ध मैदानमा उत्रियो ईयू

    मनिला - इन्डो प्यासेफिक क्षेत्रमा चीनले आफ्ना गतिविधिहरुलाई बढाउँदै विस्तारवादको रणनीति अवलम्बन गरेसँगै युरोपियन युनियनले गहिरो चासो व्यक्त गरेको छ । युरोपियन युनियनको एसियाप्रतिको मुख्य अभिव्यक्तिमा क्षेत्रीय समूहले यस महिनाको सुरुमा आफ्नै इण्डो(प्यासिफिक रणनीतिका लागि नयाँ नीति जारी गरेको हो । चीनविरुद्ध इन्डोप्यासेफिकमा उत्रिने ईयूको निर्णयलाई अभूतपूर्व भनिएको छ  । 

    ईयूले इन्डो-प्यासेफिक क्षेत्रमा ईयूको सहकार्य शीर्षकमा जारी गरिएको १० पृष्ठको दस्तावेज अनुसार क्षेत्रीय खेलाडीहरूसँगको सम्भावित द्विपक्षीय सहयोग क्षेत्रहरूको विस्तृत श्रृंखलालाई समेट्ने, व्यापार, लगानी र जलवायु परिवर्तन, अन्तर्राष्ट्रिय आतंकवाददेखि कोभिड१९ महामारीविरुद्ध लड्ने रणनीतिहरु सार्वजनिक गरेका हुन् । 

    जबकी अहिलेको समय र सार्वजनिक रणनीतिमा उल्लेख गरिएको भाषालाई हेर्दा चीनको भूराजनीतिक विस्तारवादलाई रोक्नका लागि ईयू सक्रिय भएको जनाइएको छ । ईयूको नयाँ रणनीतिले चीन पनि सशंकित बनेको छ । 

    चाखलाग्दो कुरा के छ भने रणनीति पत्र जारी भएको केही हप्तापछि क्षेत्रीय ब्लकले चीनको पश्चिमी राज्य सिन्जियांग क्षेत्रमा उइगर मुस्लिम समुदायमाथि गरिरहेको उत्पिडनलाई रोक्न पहल गर्नेसमेत जनाएको छ । 

    इन्डो प्यासेफिक भन्ने शब ईयूले छनोट गरेका भए पनि भूराजनीतिक अवस्थासँग जोडेर यसलाई जापानी पूर्वप्रधानमन्त्री सिन्जोआबेले लोकप्रिय बनाएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस क्षेत्रमा चिनियाँ गतिविधिहरुलाई रोक्नका लागि इन्डो प्यासेफिक रणनीति सार्वजनिक गरेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend