आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको पालना गराउन १६ सहरमा सेना परिचालन 

कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको पालना गराउन १६ सहरमा सेना परिचालन 

  • मिडिया डबली
  • बुधवार, बैशाख २९ २०७८

  • 16.1K
    SHARES

  • कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्डको पालना गराउन १६ सहरमा सेना परिचालन 

    इस्लामावाद - कोरानो महामारी नियन्त्रणका लागि सरकारले जारी गरेका स्वास्थ्य मापदण्डहरुको पालना गराउनका लागि सरकारले १६ सहरहरुमा सेना परिचालन गरेको छ ।

    पाकिस्तानी मिलिटरी मिडिया विंगका महानिर्देश मेजर जनरल बाबर इफ्तिखारले कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालना गराउनका लागि सेना परिचालन गरिएको जानकारी गराएका हुन् ।

    उनले अबदेखि सेना हरेक सहरहरुमा परिचालन हुने र स्वास्थ्य मापदण्ड पालना नभएको पाइएमा आवश्यक कारबाही गरिनेसमेत जनाएका छन् । यसअघि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सरकारले सेनाबाट सहयोगको अपेक्षा गरेको बताएका थिए । 

    उनले कोरोना महामारी नियन्त्रणका लागि सेनाको भूमिका आवश्यक भएको हुँदा सेनाले सहयोग गर्नसक्ने ठाउँहरुमा सहयोगको अपेक्षा राखेका बताएका थिए । प्रधानमन्त्रीको आग्रहमा सेनाले कोरोना महामारी 
    नियन्त्रणमा खेल्न लागेको पाकिस्तानी सेनाले जनाएको छ । 

    नागरिकहरुले सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालनामा लापरबाही गर्न थालेपछि बाध्य भएर सेना परिचालन गर्नुपरेकोसमेत बताइएको छ । सेनाले पाकिस्तानले कोरोना भाइरस संक्रमितको संख्या दैनिक वृद्धि भइरहेकोले अवस्था निकै खतरापूर्ण भएको जनाएको छ । 

    पाकस्तिानका ५१ वटा सहरहरुका कोरानो भाइरसका संक्रमणको अवस्था भयावह भएको बताइएको छ । मुलुकको स्वास्थ्य प्रणालीले धान्नै नसक्ने अवस्थामा कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएको जनाइएको छ । देशभर उत्पादन हुने कुल अक्सिजनको ७५ प्रतिशत विभिनन अस्पतालहरुमा खपत भइरहेको जनाइएको छ । 
     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend