अष्ट्रेलिया - प्रशान्त महाशागरस्थित पलाउ का राष्ट्रपति सुरेङगल ह्विप्सले ताइवान बिरुद्ध चीनको दबाबको प्रतिरोध गर्ने बताएका छन् ।
ताइवानसँग कुटनीतिक निकटता नराख्न चीनको दबाबको पलाउ ले प्रतिरोध गर्ने राष्ट्रपति ह्विप्सले बताएका हुन् । प्रशान्त महासागरस्थित पलाउ ले कुटनीतिक सम्बन्धका लागि चीन भन्दा ताइवानलाई प्राथमिकता दिँदै आएको छ ।
ताइवान बिरुद्ध चीनको यस्तो दबाबले आफुलाई कुनै असर नगर्ने राष्ट्रपति ह्विप्सले बताएका छन् । चिनियाँ प्रभाव रोक्न अमेरिकाले पलाउसँग सम्बन्ध थप बलियो बनाउने प्रयास गरिरहेको बेला राष्ट्रपति ह्विप्सले पलाउमा थप अमेरिकी सैन्य उपस्थिती हेर्न चाहेको पनि बताएका छन् ।
विश्वको सवैभन्दा साना मुलुकहरु मध्ये एक पलाउ माथि कसैले दबाब दिन र निर्णय बदल्न नसक्ने ह्विप्सले बताए । चीनसँग निकट सम्बन्ध रहेको प्रतिस्पर्धीलाई हराउँदै ह्प्सि गत बर्ष पलाउको राष्ट्रपति चुनिएका हुन् ।
स्रोत : साउद चाईना मर्निङ पोष्ट
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।