आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालमा चिनियाँ खोप लगाउने कार्य अनिश्चितकालका लागि स्थगित

नेपालमा चिनियाँ खोप लगाउने कार्य अनिश्चितकालका लागि स्थगित

  • मिडिया डबली
  • बिहिवार, बैशाख १६ २०७८

  • 5.4K
    SHARES

  • नेपालमा चिनियाँ खोप लगाउने कार्य अनिश्चितकालका लागि स्थगित

    काठमाडौं – कोरोना भाइरस विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाउने काम स्थगित गरिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने कार्य अनिश्चितकालका लागि स्थगित गरेको छ ।

    मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले कोरोना संक्रमणको बढ्दो जोखिममा खोप लगाउनका लागि हुने भीडभाडका कारण तत्काललाई कोभिड खोप कार्यक्रम स्थगित गरेको बताएका छन् ।

    ‘कोरोनाको बढ्दो जोखिम तथा खोप केन्द्रमा भएको भीडका कारण थप जोखिम हुने देखियो । अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि देशभर कोभिड विरुद्धको खोप कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छौं,’ गौतमले भने ।

    पछिल्लो समय कोरोना विरुद्धको खोप लगाउन खोप केन्द्रमा भीडका कारण संक्रमणको जोखिम बढाएको भन्दै आलोचना भएको थियो ।

    डा. शर्माले आलोचना भइरहेको भए पनि तत्कालै बन्द गरिहाल्ने अवस्था नभएकाले आज बिहीवारबाट खोप कार्य स्थगित गर्ने निर्णय भएको जानकारी दिए ।

    अन्य नियमित खोप कार्यक्रम भने यथावत् रूपमा सञ्चालन हुने गौतमले बताएका छन् । संक्रमणको बढ्दो क्रमलाई मध्यनजर गर्दै आज बिहीबारबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको छ । १५ दिनका लागि लागू हुने गरी जारी निषेधाज्ञा संक्रमणको जोखिम हेरेर समयावधि बढ्नसक्ने जनाइएको छ ।

    मन्त्रालयको निर्णयपछि स्वास्थ्य कार्यालय काठमाडौंले सूचना जारी गर्दै खोप लगाउने काम रोकिने जनाएको छ ।vac.png

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, चैत्र १६ २०७७०४:०७:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend