काठमाडौँ - चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको 8 लाख डोज चिनियाँ खोप नेपाल ल्याउन भाडा मात्रै २ करोड बढी रकम लाग्ने भएको छ।
निगमका अनुसार उक्त चिनियाँ खोप नेपाल ल्याउन २ करोड १८ लाख १० हजार ३ सय ३२ रुपैयाँ भाडा लाग्ने भएको छ। चीनले यात्रुबाहक जहाजबाट खोप पठाउन नमानेपछी नेपाल सरकार चीनबाट खोप ल्याउन बिशेष विमान नै चार्टर गर्नुपरेको स्वास्थ मन्त्रालयले बताएको छ।
चिनियाँ कम्पनी सिनोफर्मबाट उत्पादित चिनियाँ खोप नेपाल ल्याउन लागि निगमको जहाज १५ गते उडान भर्ने छ। स्मरण रहोस नेपाल ल्याउन लागिएको चिनियाँ खोपलाई विश्व स्वास्थ्य संगठनले हालसम्म पनि प्रयोगको लागि अनुमति दिएको छैन भने क्लिनिकल ट्रायलको कागजात बिनै उक्त चिनियाँ खोप नेपाल ल्याउन लागिएको छ।
यद्यपिचिनियाँ दूतावासको दबाबमा सो खोप नेपाल ल्याउन लागिएको हो। सरकारले क्लिनिकल टायलका कागजातहरु पटक पटक माग्दा पनि चीन सरकारले उपलब्ध गराएन।
यसअघि छिमेकी मुलुक भारतले अनुदानमा दिएको कोरोनाविरुद्ध कोभिशील्ड खोप आफ्नै खर्चमा नेपाल ल्याई दिएको थियो।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।