बेइजिङ - विकसित राष्ट्रहरुमा चीनले पठाएको कोरोनविरुद्धको खोपले समस्या निम्त्याएको भन्दै विभिन्न मुलुकहरुले आपत्ति जनाएका छन् । विज्ञहरुले विकासोन्मुख राष्ट्रहरूमा चिनियाँ खोपको बारेमा शंकाले डोज वितरण गरेर बेइजिङको आफ्नो प्रभाव बढाउने लक्ष्यलाई रोक्न सक्ने बताएका छन् ।
गत डिसेम्बरमा क्लिनिकल परीक्षण डाटा प्रकाशित नगरि चीनले विकास गरेको कोरोनाविरुद्धको खोप वितरण गरिएको थियो । फेब्रुअरी २०२१ सम्ममा चीनले २२ देशलाई सिनोफर्मको सिनोभ्याक खोप निर्यात गरेका थिए । पाकिस्तानसहित ५३ विकासोन्मुख देशहरूलाई खोप सहायता उपलब्ध गराएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले बताएका छन् ।
२०१९ को अन्तमा चिनियाँ सहर वुहानबाट कोरोना भाइरसको प्रकोप सुरु भएको थियो । वुहानबाट फैलिएको कोरोनाविरुद्धको महामारीले विश्वलाई नै तहसनहस बनाएको छ ।
विश्वभर हालसम्म कोरोनाबाट १२ करोड ४८ लाख ४८ हजार २६० संक्रमित भएका छन् भने २७ लाख ४७ हजारभन्दा बढीको मृत्यु भएको छ । यद्यपि चीनले कडा र व्यापक सामाजिक नियन्त्रण र खोपसहित यसको जनसंख्यामा व्यापक प्रकोप नियन्त्रणमा लिएको दाबी गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।