बेइजिङ - कोरोना महामारीको उद्गम थलो भनिएको वुहानमा हाल विश्व स्वास्थ्य संगठनको टोलीले अनुसन्धान गरिरहेको छ । प्रकोपबारेका सूचना लुकाउँदा र समयमै सतर्कता नअपनाउँदै विश्वव्यापी महामारीको रुप लिएको आरोप खेपिरहेको चीनले फेरि महत्वपूर्ण तथ्यांक नै डिलिट गरेको पाइएको छ ।
कोभिड-१९ स्रोत भएको भन्ने आरोपमा अधिकारीहरूले प्रयोगशालाको बारेमा महत्त्वपूर्ण अनलाइन डाटा मेटाएपछि चिनियाँ सरकारले कोरोना उत्पत्तिबारे ढाकछोप गर्न खोजेको अर्को आरोप खेपिरहेको छ ।
वुहान इन्स्टिच्युट अफ भाइरोजीद्वारा गरिएको अध्ययन ३०० भन्दा बढी प्रतिवदेनहरुसमेत हटाइएको पाइएको हो ।
चिनियाँ राष्ट्रिय प्राकृतिक विज्ञान फाउन्डेशन (एनएसएफसी) द्वारा अनलाइनमा प्रकाशित, पशुहरूबाट मानवमा जाने थुप्रै रोगसहितको अनुसन्धानहरु हाल उक्त वेबसाइटबाट हटाइएको पाइएको हो ।
चीनले भाइरसको उत्पत्तिसम्बन्धी अनुसन्धानलाई ढाकछोप गर्ने उद्देश्यले मुख्य प्रमाणहरू मेटाएको भन्दै चर्को आलोचना भइरहेको छ । चीनको यस्ता गतविधिले कोरोनासम्बन्धी थप त्रास पैदा गरिदिएको छ ।
राष्ट्रपति शी जिनपिंगले यसअघि विश्व स्वास्थ्य संगठनको स्वतन्त्र वैज्ञानिकहरुको टोलीलाई पनि प्रवेश गर्न दिएका थिएनन् । पछि विश्वभरबाट चर्को आलोचना भएपछि डब्लूएचओको टोली चीन पुगेको हो । हाल डब्लूएचओको टोलीले यसबारे अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानकै क्रममा केही महत्वपूर्ण तथ्यांक र प्रमाणहरु डिलिट गरेको पाइएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।