आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दर्ता प्रक्रिया पूरा नगरि महँगो मूल्यमा ल्याइँदै कोरोनाविरुद्धको चिनियाँ खोप

दर्ता प्रक्रिया पूरा नगरि महँगो मूल्यमा ल्याइँदै कोरोनाविरुद्धको चिनियाँ खोप

  • मिडिया डबली
  • सोमवार, माघ १९ २०७७

  • 4.9K
    SHARES

  • दर्ता प्रक्रिया पूरा नगरि महँगो मूल्यमा ल्याइँदै कोरोनाविरुद्धको चिनियाँ खोप

    काठमाडौं - नेपाललाई कोरोना महामारीविरुद्ध भारतले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएपछि चीन सशंकित भएको छ । भारतले जनवरी १६ मा देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको एक सातामा नै नेपाललाई 'कोभिशिल्ड' १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो ।

    नेपालमा गत बुधबारदेखि देशव्यापीरुपमा कोरोनाविरुद्धको खोप अभियान सुरु भइसकेको छ । यस्तो अवस्थामा चीनले पनि कोरोनाविरुद्धको खोप नेपाल पठाउने हतारो गरेको छ । भारतले नेपाललाई खोप दिनुअघि नेपालमा कोभिशिल्ड खोप लगाउन अनुमति दिइएको थियो । नेपालको खोप नियामक निकायले खोप लगाउन उपयक्त छ कि छैन भन्‍ने यकिन गरिसकेपछि अनुमति दिने अथवा नदिने निर्क्योल गर्दछ । 

    तर, चिनियाँ खोप भने नेपालमा दर्ता र अनुमति प्रक्रियाको पालना नै नगरि ल्याउने तयारी भइरहेको  छ । सामान्यतया नेपालमा एक उत्पादकको  सामग्रीमात्रै ल्याउनका लागि अनुमति दिने गरिन्छ । 

    औषधि व्यवस्थापन विभागले सिनोफार्म कोङकिङ मेडिकल डिभाइस कम्पनी लिमिटेडले उत्पादन गरेको कोभिडविरुद्धो खोप आयातका लागि कुनै एक कम्पनी अनमुति दिन्छ । तर, पी एन्ड जी होल्डिङ प्राइभेट लिमिटेड अथवा हसपिटी इन्टरप्राइजेज प्राइभेट लिमिटेडमध्ये खोप आयातका लागि कुनै आधिकारिक कम्पनी हो भन्‍ने दुविधा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यद्पि दुईमध्ये कुनै पनि कम्पनीले नेपालको दर्ता प्रक्रिया अनुसार कागजात उपलब्ध गराएको छैन । परराष्ट्र मन्त्रालयले आवश्यक कागजातहरु उपलब्ध गराउन पत्राचार गरिसकेको छ । 

    भारतले पठाउने खोपसँग तुलना गर्दा चिनियाँ खोप निकै महँगो पर्न जान्छ । पी एन्ड जी होल्डिङ्सले जारी गरेको एक पत्र अनुसार सिनोफार्मले उत्पादन गरेको सिनोभ्याक खोपको बजार मूल्य दुई डोजको १४८ डलर पर्न जाने भए पनि नेपालमा यसलाई प्रति डोज ६० डलरमा उपलब्ध गराउन सकिने जनाएको छ । अनुदानसहितको मूल्य लगाएर प्रति डोज ४५ डलरसम्म उपलब्ध गराउन सकिने पी एन्ड जी होल्डिङ्सले जनाएको छ । 

    हाल मुलुकमा ४० मिलियन डोज खोप आयात गर्न सकिने कम्पनीले जनाएको छ । यसरी अनधिकृतरुपमा ल्याउन लागिएको खोपले ठूलो क्षति पुर्‍याउनसक्ने भन्दै सरकोरवालाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख १६ २०७८०७:२९:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend