काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी बढ्दै गएका बेला आज सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमवार अपराह्न ५ बजे मन्त्रिपरिषद् बैठक बस्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।
आज सोमबारको बैठक कोरोना महामारीको दोस्रो लहर तीब्रगतिमा फैलिएपछि त्यसको रोकथाम र नियन्त्रणमा बैठक केन्द्रित हुने जनाइएको छ ।
हिजो आईतवार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तिमा ३ हप्ता देशभर लकडाउन गर्न मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको छ ।
सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने वा बढी प्रभावित शहरमा निषेधाज्ञा जारी गर्नुपर्ने सुझाव दिएको थियो । पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरेको छ ।
कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न सरकारले आवश्यक निर्णय र निर्देशन जारी गर्ने ज्ञवालीले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।