आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सीसीएमसीको निर्णयपछि काठमाडौंमा लकडाउनबारे निर्णय लिन सीडीओहरूको बैठक बस्दै

सीसीएमसीको निर्णयपछि काठमाडौंमा लकडाउनबारे निर्णय लिन सीडीओहरूको बैठक बस्दै

  • मिडिया डबली
  • सोमवार, बैशाख १३ २०७८

  • 4.4K
    SHARES

  • सीसीएमसीको निर्णयपछि काठमाडौंमा लकडाउनबारे निर्णय लिन सीडीओहरूको बैठक बस्दै

    काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी बढ्दै गइरहेका बेला आज सोमबार राजधानी काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को बैठक बस्दैछ ।

    कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा निषेधाज्ञा (लकडाउन) गर्ने निर्णय गरेपछि उपत्यकामा ३ वटै जिल्लाका सीडीओको बैठक बस्दैछ ।

    आज सोमबार बस्ने बैठकले सीसीएमसीको सिफारिसका सम्बन्धमा निषेधाज्ञाबारे आवश्यक निर्णय लिनसक्ने जनाइएको छ ।

    राजधानी काठमाडौं उपत्यकामा बुधवारदेखि निषेधाज्ञा जारी गर्ने सरकारले तयारी गरेको जनाइएको छ । ‘सीसीएमसीको सिफारिस भन्ने हामीले पनि सुन्यौं,’ काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले भने, ‘सोमवार हामी छलफल गर्दैछौं । त्यसपछि निर्णय गर्नेछौं ।’

    राजधानी काठमाडौं उपत्यकामा दैनिक १ हजार ५०० भन्दा बढी संक्रमित थपिँदै गइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०७:३२:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend