काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गाउँमा २०० र शहरी क्षेत्रमा ५०० कोरोना संक्रमित भेटिए निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
गाउँमा २०० र शहरी क्षेत्रमा ५०० संक्रमित नाघेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (लकडाउन) जारी गर्नसक्ने सिफारिस सीसीएमसीले सिफारिस गरेको छ ।
आईतबार बसेको बैठकले भारतसँगका सीमा नाकाबाट विदेशी नागरिकाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । बैठकले भोलि सोमबारदेखि सञ्चालन हुने सबै परीक्षा स्थागित गर्न समेत सरकारलाई सिफारिस गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।