काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणको महामारी भयावह हुँदै गएको छ ।
पछिल्लो २४ घण्टामा आईतबार कोरोना भाइरस संक्रमणबाट २८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वासथ्य मन्त्रालयका अनुसार २४ घण्टामा थप ३ हजार १२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोनाको पछिल्लो लहरमा यतिधेरै मृत्यु र संक्रमण पुष्टि भएको पहिलोपटक हो ।
देशभर ९ हजार २९२ जनामा आरटी–पीसीआर र ७८६ जनामा एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ३ हजार बढी व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आरटी–पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ९० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
भक्तपुर जिल्लामा ९६, ललितपुर जिल्लामा २७० र काठमाडौं जिल्लामा १ हजार १३२ गरी काठमाडौं उपत्यकामा १ हजार ४९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
हाल देशभर २५२ जना सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटमा ६५ जना रहेका छन् । मन्त्रालयका अनुसार देशभर कोरोनामुक्त हुने दर ९२.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाले भयावह रूप लिन थालेपछि कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आकस्मिक बैठक बसेर बढी प्रभावित शहरमा लकडाउन गर्न सिफारिस गर्ने तयारी गरेको छ । प्रधानमन्त्री ओलीले शनिबार सीसीएमसीसँगको छलफलमा देशभर एकैपल्ट लकडाउन नहुने तर बढी प्रभावित शहरी क्षेत्रमा लकडाउन हुने स्पष्ट पारिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।