आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीले ल्याए लकडाउनको नयाँ मोडल, कहाँ–कहाँ हुन्छ लकडाउन ?

केपी ओलीले ल्याए लकडाउनको नयाँ मोडल, कहाँ–कहाँ हुन्छ लकडाउन ?

  • मिडिया डबली
  • आइतवार, बैशाख १२ २०७८

  • 4.7K
    SHARES

  • केपी ओलीले ल्याए लकडाउनको नयाँ मोडल, कहाँ–कहाँ हुन्छ लकडाउन ?

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण नियन्त्रण हुन नदेखिएपछि लकडाउनको नयाँ मोडलमा जानुपर्ने बताएका छन् ।

    कोरोना भाइरस (कोभिड–१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले बढिरहेको कोरोना भाइरस संक्रमणबारे दिएको जानकारीपछि प्रधानमन्त्री ओलीले देशैभर एकैपल्ट लकडाउन नगरिने स्पष्ट पारे ।

    ओलीले देशव्यापी लकडाउन गर्नुपर्ने अवस्था नरहेको बताए । हिजो शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सीसीएमसीका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतकाले कोरोना संक्रमणको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।

    ‘प्रधानमन्त्रीज्यूले लकडाउन तथा निषेधाज्ञा जारी गर्ने अधिकार स्थानीय तहलाई दिइएको छ, संक्रमण रोक्न पनि स्थानीय तहले नै कडाइका साथ स्वास्थ्य मापदण्ड लागू गर्नुपर्छ भन्नुभयो तर तत्कालै लकडाउन गरिहाल्ने अवस्था नरहेको पनि बताउनुभयो,’ छलफलमा सहभागी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगराज बरालले भने ।

    यसअघि विद्यालय बन्द गर्ने सन्दर्भमा समेत सरकारले स्थानीय तहलाई नै अधिकार दिएको छ । अब लकडाउन समेत स्थानीय तहले घोषणा गरेको क्षेत्रमा मात्रै लागू हुने जनाइएको छ । स्थानीय प्रशासन र स्थानीय तहले जोखिमको अवस्था हेरेर लकडाउनबारे निर्णय लिन सक्नेछन् ।

    ओलीले पछिल्लोपल्ट सरकारले गरेको निर्णयलाई कडाइको साथ लागू गर्न समेत निर्देशन दिए । ‘सरकारले गरेको निर्णय विपरीत रंगशालमा धेरै दर्शक राखेर खेल खेलाइएको र बढी भीडभाड भइरहेको छ भनेर गुनासो गर्नुभयो । यसलाई रोक्न कडाइ गर्न सम्बन्धित पक्षलाई सचेत गराउन उहाँले निर्देशन दिनुभएको छ,’ सचिव बरालले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०७:३२:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend