आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनमा अल्पसंख्यक उईघुर जातिको जन्मदरमा कमी

चीनमा अल्पसंख्यक उईघुर जातिको जन्मदरमा कमी

  • मिडिया डबली
  • बिहिवार, बैशाख ९ २०७८

  • 7.2K
    SHARES

  • चीनमा अल्पसंख्यक उईघुर जातिको जन्मदरमा कमी

    हङकङ- चीन सरकारले अल्पसंख्यक मुस्लिम उईघुर समुदायमाथि नरसंहार गरिरहेको आरोप लागिरहँदा उईघुरहरुको जन्मदरमा कमी आएको देखीएको छ।

    चीनको सिन्जियाङमा अल्पसंख्यक उईघुर समुदायको दुई बर्षको अवधिमा दुई तिहाईले जन्मदरमा ह्रास आएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।

    चीनको सिन्जियाङ क्षेत्रमा अल्पसंख्यक उईघुर समुदायलाई सरकारले बाध्य श्रममा लगाएको र बन्दी बनाएको भन्दै अन्तर्राष्ट्रिय निकायहरुले आलोचना गर्दै आएका छन्।

    सन् २०१७ मा १५ दशमलब ८८ प्रतिशत रहेको उईघुरहरुको जन्मदर सन् २०१९ मा ८ दशमलब १४ प्रतिशत रहेको छ । चीनको नेश्नल व्यूरो अफ स्टाटिस्टिक अफ चाईना ले सार्वजनिक गरेको प्रतिवेदनमा अल्पसंख्यक मुस्लिमक उईघुरहरुको जन्मदरमा कमी आएको तथ्यांक देखिएको हो ।

    उक्त समयावधिमा चीनको राष्ट्रिय जन्मदर भने दुई प्रतिशतले मात्र घटेको छ। सन् २०१७ मा ११ दशमलब ४० प्रतिशत रहेको उईघुर समुदायको जनसंख्या वृद्धिदर २०१९ मा घटेर ६ दशमलब १३ प्रतिशत रहेको छ।

    चीन सरकारले दश लाख भन्दा बढी उईघुरहरुलाई बन्दी बनाएको र बाध्य श्रममा लगाईरहेको र उईघुर बिरुद्ध नरसंहार गरिरहेको भन्दै अन्तर्राष्ट्रिय समुदायहरुले आलोचना गर्दै आएका छन् । स्रोतः हङकङ फ्रि प्रेस–

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend