काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस संक्रमणको अतिप्रभावित सूचीमा परेका जिल्लाका स्थानीय तहको निर्णय अनुसार विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।
शुक्रवार शिक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव दिपक शर्माले प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्णय अनुसार विद्यालय बन्द गर्ने वा मापदण्ड पालना गरेर सञ्चालन गर्नेबारे निर्णय लिन अनुरोध गरेको छ ।
मन्त्रालयले आलोपालो सिफ्ट अनुसार विद्यालय सञ्चालन गर्न समेत सरोकारवालालाई आग्रह गरेको छ । मन्त्रालयले स्वास्थ्यका सबै मापदण्ड पालना गरी विद्यालय चलाउन र सकेसम्म २ सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको छ ।
विद्यालयमा स्यानिटाइजर, मास्क र साबुन पानीको प्रयोग अनिवार्य गर्न र धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर सिफ्टमा विद्यालय चलाउन मन्त्रालयले आग्रह गरेकोे छ । मन्त्रालयले देशैभर एकैपल्ट तत्कालै विद्यालय बन्द गर्न नहुने निष्कर्ष निकाल्दै सजगता अपनाउन अनुरोध गरेको छ ।
संक्रमण धेरै फैलिएको वा संक्रमणको जोखिम उच्च भएको भनी पहिचान गरेका जिल्ला, शहर र स्थान विशेषको हकमा जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को समन्वयमा सम्बन्धित स्थानीय तहको निर्णय बमोजिम त्यस्ता विद्यालयहरू बन्द वा तोकिएबमोजिम सञ्चालन गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
यस्तो छ प्रेस विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।