काठमाडौं- कोरोना भाइरसको माहामारीका कारण बन्द भएका प्राइभेट स्कुलका शिक्षकहरु तलब नपाएपछि सडकमा आन्दोलन गर्न बाध्य भएका छन् । वर्षाैंसम्म नाफा कमाइ रहने विद्यालयहरुले ६ महिनासमेत शिक्षकलाई पाल्न नसक्नु अपत्यारिलो कुरा हो ।
यसबीच संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो। इस्टुले आइतबार नियमित तलबको माग र कर्मचारी कटौतीको विरोध गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।
इस्टुले कात्तिक पहिलो सातासम्ममा श्रावण, भाद्र, असोज महिनाको र चाडबाड खर्च अनिवार्य भुक्तानी गर्ने माग राखेर आन्दोलन कार्यक्रम सार्वजनिक गरिएको जनाइएको छ ।
कार्यक्रम अनुसार ९ असोजमा सम्बन्धित पालिकाहरु र निजी तथा संस्थागत विद्यालय संगठन (प्याब्सन) र निजी तथा आवासीय विद्यालय एसोसिएसन)एन प्याब्सन)का सबै तहमा स्मरण पत्र दिने एवं असोज ११ देखि १३ गतेसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, मानव संसाधन विकास केन्द्र, श्रम मन्त्रालय र सामाजिक विकास मन्त्रालयमा अल्टिमेटम दिने तयारी रहेका छ ।
त्यसपछि १५ असोजमा सबै महानगरपालिका र उपमहानगरपालिका धर्ना दिइने र असोज १८ गते देशभरका प्रमुख शहरहरूमा विरोध र्याली र कोणसभा गर्ने कार्यक्रमको घोषणा इस्टुले गरेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।