काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीले भयंकर रूप लिएपछि भारतको महाराष्ट्र प्रदेशमा आजदेखि कडा लकडाउन घोषणा गरिएको छ ।
कोरोना भाइरसको संक्रमण तीब्र रूपमा फैलिएसँगै आज बुधबार राति ८ बजेदखि कडा लकडाउन गरिएको मुख्यमन्त्री उद्धव ठाकरेले घोषणा गरे ।
कडा प्रतिबन्धका क्रममा अनिवार्य सेवाका लागि स्थानीय रेल र बस सेवाहरू खुला रहने भएका छन् ।
पेट्रोल पम्प र भारतीय स्टक एक्सचेन्ज बोर्डसँग सम्बन्धित वित्तीय संस्थाहरू खुला रहने मुख्यमन्त्री ठाकरेले बताए । विकास निर्माणका कामहरू चले पनि होटल र रेस्टुरेन्टहरू बन्द रहने भएका छन् । सबै पूजास्थल, विद्यालय कलेजहरू बिहान ७ बजेसम्म बन्द हुने जनाइएको छ ।
प्रदेशभर सिनेमा हल, मनोरञ्जन पार्कलगायत सबै सार्वजनिक ठाउँहरू समेत बन्द गरिएका छन् । भारतमा पछिल्लो समय २४ घण्टामा मात्रै १ लाख ८५ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।
भारतमा एकैदिन १ हजार २६ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १ लाख ७२ हजार ११५ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।