आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सबै स्कूलहरू १८ दिनसम्म बन्द गर्ने सरकारको निर्णय, रात्रिकालीन कर्फ्यू लागू

सबै स्कूलहरू १८ दिनसम्म बन्द गर्ने सरकारको निर्णय, रात्रिकालीन कर्फ्यू लागू

  • मिडिया डबली
  • सोमवार, चैत्र ३० २०७७

  • 7.5K
    SHARES

  • सबै स्कूलहरू १८ दिनसम्म बन्द गर्ने सरकारको निर्णय, रात्रिकालीन कर्फ्यू लागू
    फाइल तस्बिर

    काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि भारतको उत्तर प्रदेश सरकारले सबै स्कूल १८ दिन बन्द गर्ने निर्णय गरेको छ ।

    प्रदेश सरकारको निर्णय अनुसार ३० अप्रिलसम्म विद्यालय बन्द हुने भएका छन् ।

    कोरोना संक्रमणको दोस्रो लहर तीब्र गतिमा फैलिरहेकाले जोखिम कम गर्न विद्यालय बन्द गरिएको उत्तर प्रदेश सरकारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर प्रदेश नेपालको दक्षिणी सीमावर्ति प्रदेश हो ।

    विद्यालयको पठनपाठन बन्द गरिएपनि भौतिक दूरी कायम राखेर परीक्षा सञ्चालन भने नियमित गरिने भएका छन् । ५०० भन्दा धेरै सक्रिय संक्रमित रहेका क्षेत्रमा रात्रिकालीन कर्फ्यू समेत लाग्ने भएको छ ।

    प्रदेश राजधानी लखनउ, कानपुर, गोरखपुर, इलाहाबाद, गाजियाबाद लगायतका शहरमा यसअघि नै रात्रिकालीन कर्फ्यू लागू भइसकेको छ । सार्वजनिक कार्यक्रममा ५० जनाभन्दा धेरै भेला हुन समेत प्रदेश सरकारले रोक लगाएको छ ।

    आईतबार उत्तर प्रदेशमा १५ हजार ४०० जनामा कोरोना पुष्टि भएसँगै कूल संक्रमितको संख्या ६ लाख ९२ हजार पुगेको छ । भारतमा दैनिक डेढ लाखभन्दा धेरै संक्रमित देखिन थालेपछि विभिन्न प्रदेशमा लकडाउन र कर्फ्यू लगाउने क्रम बढिरहेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend