वाशिङ्टन - सिन्जियाङमा मानवअधिकारको चरम उल्लंघन भएको भन्दै बेलायत, अमेरिका र युरोपियन युनियनले चीनमाथि प्रतिबन्ध लगाएपछि चीनले आक्रोश व्यक्त गरेको छ । चीनले पनि अमेरिकी र बेलायती सांसद्माथि प्रतिबन्ध लगाएको छ ।
चीनले पनि अमेरिकी र बेलायतमाथि प्रतिबन्ध लगाएपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच टेलिफोन संवाद भएको छ । व्हाइट हाउसले छलफल गरिएका मुद्दाहरूको विवरण सार्वजनिक नगरे पनि डाउननिङ स्ट्रीटले विस्तृत विज्ञप्ति जारी गरेको छ।
बेलायत सरकारका अनुसार दुबै नेताले कोरोना भाइरसविरुद्धको लडाइँम र एक अर्कालाई उनीहरूको देशको खोपको अवस्थाका संवाद भएको बताइएको छ । चीनबाट सुरु भएको कोरोना महामारीविरुद्धको खोप विश्वव्यापी पुर्याउने विषयमा पनि छलफल भएको बताइएको छ ।
यससँगै साझा अन्तर्राष्ट्रिय चुनौतीहरूको बारेमा संवाद भएको छ । चीनले गरेका पछिल्ला गतिविधिहरुलाई रोक्नका लागि एक ठाउँमा उभिने र इरानले आणविक सम्झौताको पालनामा फर्किने आवश्यकतामा सहमति जनाए उत्तरी आयरल्यान्डमा दुई नेताहरूले गुड फ्राइडे सम्झौताको रक्षा गर्न आफ्नो साझा प्रतिबद्धता दोहोर्याएका छन् ।
"चीनमा प्रधानमन्त्री र राष्ट्रपतिले यस हप्ताको सुरूमा बेलायत, अमेरिका र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूले सिन्जियाङमा मानवअधिकार उल्लंघनकर्तामाथि प्रतिबन्ध लगाउन गरेको महत्वपूर्ण कदमकबारे पनि छलफल भएको छ,"डाउनिङ स्ट्रीटले जनाएको छ ।
चीनले सिन्जियाङ क्षेत्रका पूर्व र वर्तमान अधिकारीहरू - झू हेलुन, वा जुङ्जेङ, वाङ मिङशान र चेन मिङ्गुओलाई कालोसूचीमा राखेको थियो । यस आरोपले अन्तर्राष्ट्रिय आक्रोश व्यक्त भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।