काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गएपछि त्यसको रोकथामका लागि भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले विद्यालयहरु अनिश्चितकालका लागि बन्द गर्न निर्णय गरेका छन् ।
शुक्रबार मुख्यमन्त्री केजरिवालले सबै सरकारी र निजी विद्यालय बन्द गर्न आदेश दिएका छन् ।
मुख्यमन्त्री केजरिवालको आदेशपछि अब प्रयोगात्मक अभ्यासका लागि समेत विद्यार्थीलाई स्कूलमा बोलाउन पाइने छैन । नयाँदिल्लीमा कोरोना अनियन्त्रित रुपमा बढ्दै गइरहेको छ ।
कोरोना रोकथामका लागि भारतका विभिन्न प्रदेशमा रात्रिकालीन कर्फ्यू समेत लगाइएको छ । महाराष्ट्र, मध्य प्रदेश, पञ्जाब लगायतमा समेत कोरोना बढिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।