आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पुनः लकडाउन गर्नेबारे सरकारले दियो यस्तो जानकारी, कोरोना बढ्दै

पुनः लकडाउन गर्नेबारे सरकारले दियो यस्तो जानकारी, कोरोना बढ्दै

  • मिडिया डबली
  • बुधवार, चैत्र ११ २०७७

  • 5.1K
    SHARES

  • पुनः लकडाउन गर्नेबारे सरकारले दियो यस्तो जानकारी, कोरोना बढ्दै

    काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्दै गइरहेका बेला सरकारले परिस्थिति हेरेर पुनः लकडाउन गरिने जनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले कोरोना संक्रमित उच्च भएमा परिस्थिति हेरेर लकडाउन गरिने जानकारी दिए ।

    ‘संक्रमणको अवस्था बिग्रिएमा सरकारले जनस्वास्थ्यका मापदण्ड कार्यान्वयनमा कडाइ गर्नेछ,’ अधिकारीले भनेका छन्, ‘संक्रमित संख्या बढ्दै गए परिस्थिति अनुसार लकडाउनको निर्णय हुनसक्छ ।’

    चैत १५ र १६ गते मनाइने फागू पर्व होलीलाई घरमै रहेर मनाउन र जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न समेत मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४५ संक्रमित थप देखिएका छन् । ३ हजार ९६३ जनामा पीसीआर परीक्षण हुँदा १ जनाको मृत्यु भएको छ ।

    कूल संक्रमित संख्या २ लाख ७६ हजार ३८९ पुगेको छ भने मृतक संख्या ३ हजार २० पुगेको छ । बुधबार नेपालमा १ हजार १८३ जना सक्रिय संक्रमित रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०७:३२:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend