आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना ह्वात्तै बढेपछि राजधानीमा १ महिने लकडाउन, आज मध्यरातिबाट लागू

कोरोना ह्वात्तै बढेपछि राजधानीमा १ महिने लकडाउन, आज मध्यरातिबाट लागू

  • मिडिया डबली
  • शुक्रवार, चैत्र ६ २०७७

  • 7.9K
    SHARES

  • कोरोना ह्वात्तै बढेपछि राजधानीमा १ महिने लकडाउन, आज मध्यरातिबाट लागू

    काठमाडौं – कोरोना भाइरसको तेस्रो लहर सुरू भएपछि फ्रान्सको राजधानी पेरिसमा १ महिनाको लकडाउन भएको छ ।

    पेरिसका साथै देशका अन्य १५ शहरमा पनि शुक्रवार मध्यरातबाट लकडाउन लागू हुने भएको छ ।

    फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले हालको लकडाउनमा पहिलेको जस्तो कडा प्रतिबन्ध भने नरहने जानकारी दिएका छन् ।

    फ्रान्समा बितेको २४ घण्टामा कोरोना भाइरसका ३५ हजार नयाँ संक्रमित फेला परेका छन् । प्रधानमन्त्री जीन केसटेक्सले कोरोना भाइरसको तेस्रो लहर तीब्र गतिमा फैलिन सक्ने चेतावनी समेत दिए ।

    फ्रान्सका स्वास्थ्यमन्त्री ओलिविर वेरनले पेरिसको हालत अत्यधिक खराब भइरहेको जानकारी दिए ।

    नयाँ लकडाउनमा अत्यावश्यक बाहेकका सबै कामहरू बन्द रहने छन् तर विद्यालय भने बन्द नगरिने सरकारले जनाएको छ ।

    सरकारको अनुमति विना मानिसहरू एक ठाउँबाट अर्काे ठाउँमा जान नपाउने भएका छन् ।

    कोरोना भाइरसको खोप लगाउनमा ढिलाइ गरेको भन्दै फ्रान्समा सरकारको आलोचना समेत भएको छ ।

    यस्तै, भारतको महाराष्ट्रमा कोरोना भाइरसको महामारी फेरि बढ्न थालेपछि सरकारले लामो दूरीको यातायात सेवा बन्द गरेको छ ।

    महाराष्ट्रबाट अन्य राज्यमा जाने र अन्य राज्यबाट महाराष्ट्रमा आउने बस अनिश्चितकालका लागि बन्द गरिएको छ । यस चरणको यातायात बन्दको घोषणा मार्च २० देखि ३० मार्चसम्म लागू हुने जनाइएको छ ।

    भारतमा महाराष्ट्र सबैभन्दा बढी कोभिडका बिरामी भएको राज्य हो । यहाँ नयाँ संक्रमित मात्रै २५ हजार ८३३ भेटिएका छन् । 

    महाराष्ट्रमा मृत्यु हुनेको संख्या ५३ हजार १ सय ३८ पुगेको छ । यसमध्ये ५८ नयाँ मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    भारतका विभिन्न स्थानमा कोभिडको असर कम भइरहँदा महाराष्ट्रमा यसको असर ह्वात्तै बढेपछि उच्च सतर्कता अपनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०७:३२:१३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend