बेइजिङ - चीनबारे आलोचनात्मक लेख प्रकाशित गरेको भन्दै चीनको विदेश मन्त्रालयले सोधपुछको लागि बेलायतको राजदूतलाई बोलाएको छ।
चीनका लागि बेलायती राजदूत क्यारोलिन विल्सनले चीन सरकार र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबारे लेख प्रकाशित गरेको बिषयमा सोधपुछका लागि चीनको विदेश मन्त्रालयले बोलाएको हो ।
विल्सनले चीनको बिषय बोल्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबारे गलत बुझाइ भएको उल्लेख गरेकी थिइन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले चीन सरकारको आलोचना गर्नुको अर्थ घृणा गर्नु नरहेको लेखमा उनको भनाई थियो।
कसैको आलोचना गर्नु घृणा होइन भन्दै राजदूत विल्सनले बेलायति सञ्चारमाध्यमले बेलायत सरकारकै आलोचना गर्ने उदाहरण दिएकी थिइन् । बेलायतमा सरकारलाई पत्रकारहरुले कठोर प्रश्न गर्ने स्वतन्त्रता रहेको तर, चीनमा भने सरकारलाई सर्वसाधारणको महत्वको बिषयमा प्रश्न गर्ने स्वतन्त्रता नरहेको पनि लेखमा उल्लेख थियो।
चिनियाँ सञ्चारमाध्यमले सरकारबारे आलोचनात्मक सामाग्री प्रकाशित गरेपनि सरकारी निकायको निगरानीमा रहेर तयार गर्ने र यो अन्तर्र्राष्ट्रिय अभ्यास भन्दा बिल्कुल विपरित रहेको उनले टिप्पणी गरेकी थिइन्।
चीन विदेश मन्त्रालयबाट बोलाइएपछि राजदूत विल्सनले आफ्नो लेखको पक्षमा अडिग रहेको बताएकी छन् । राजदूत विल्सनको यो लेख कठोर, अहंकारी र अनुचित रहेको भन्दै चिनियाँ विदेश मन्त्रालयले आपत्ति जनाएको हो ।
स्रोतः ओपी इन्डीया -
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।