आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सिन्जियाङमा जान दिनुपर्ने माग गर्दै चीनविरुद्ध राष्ट्रसंघमा बेलायतको चुनौती 

सिन्जियाङमा जान दिनुपर्ने माग गर्दै चीनविरुद्ध राष्ट्रसंघमा बेलायतको चुनौती 

  • मिडिया डबली
  • सोमवार, चैत्र २ २०७७

  • 14.9K
    SHARES

  • सिन्जियाङमा जान दिनुपर्ने माग गर्दै चीनविरुद्ध राष्ट्रसंघमा बेलायतको चुनौती 

    न्युयोर्क - चिनियाँ स्वायत्त क्षेत्रमा सिन्जियाङमा मानवअधिकारको चरम उल्लंघन गर्दै अल्पसंख्यक उइगरहरुमाथि भएको चरम दुर्व्यवहारको रिपोर्टबारे छानबिन सिन्जियाङमा जान दिनुपर्ने बेलायतले माग गरेको छ । 

    संयुक्त अधिराज्य बेलायतले संयुक्त राष्ट्र संघमा सिन्जियाङमा "तत्काल" पहुँच दिनुपर्ने माग उठाएको छ । बेलायलते यदि चीनको सिन्जियाङमा भइरहेको मानवअधिकार उल्लंघनको घटनाहरुको अनुसन्धानका लागि पहुँच नदिने हो भने बेलायत मानवअधिकार परिषद्‌को भोटिङ सदस्यको रुपमा नरहने चेतावनीसमेत दिएको छ ।

    जिनेभामा जारी मानवअधिकार परिषद्लाई सम्बोधन गर्दै बेलायती विदेशमन्त्री डोमिनिक राबले संघीय सदस्यहरु चीन र रुसको अधिकार रेकर्डको निन्दा गरेका छन् । उनले राष्ट्रसंघमा म्यानमार र बेलारुस भएको प्रजातन्त्रमाथिको प्रहारमा पनि चीन र रुसले साथ दिएको भन्दै आलोचना गरेका छन् । 

    "हामीले लगभग दैनिक रिपोर्टहरू देख्यौं, जुन चीनमा योजनाबद्धरुपमा मानवअधिकार उल्लंघनका घटनाहरु भइरहेका छन् । सिन्जियाङमा उइगुर मुसलमान र अन्य अल्पसंख्यक समुदायका विरुद्ध हुने अपराधका बारेमा । तर, केही पहल गर्न सकेका छैनौं," विदेशमन्त्री राबले भने । 

    "सिन्जियाङको अवस्था चिन्ताजनक छ । रिपोर्ट गरिए अनुसार मानवअधिकारको दुरुपयोग, यातना, जबरजस्ती श्रम र महिलाको जबरजस्ती बाझोपन गराउने र बलात्कार गर्नेजस्ता जघन्य अपराधहरु भइरहेका छन," राबले थपे ।

    बेइजिङले अतिवादलाई हटाउन र मानिसहरूलाई नयाँ सीप प्रदान गर्न "व्यावसायिक प्रशिक्षण केन्द्र" भनेर शिनजियाङमा हजारौं मानिसहरुलाई नियन्त्रणमा लिएको छ । चीनको निर्दोष मानिसहरुलाई बन्दी बनाउने कदमको व्यापक निन्दा गरिएको छ । चीनका आलोचकहरूले उनीहरूलाई यातना शिविर भनेका छन् ।

    यसभन्दा अघि सोमबार चीनले भने सिन्जियाङ र तिब्बत मानवअधिकारको प्रगतिको महत्वपूर्ण उदाहरण भएको बताएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend