काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र नेकपा माओवादी केन्द्रबीच ३ बुँदे सहमति भएको छ ।
फागुन २९ गते बसेको संयुक्त बैठकमा विप्लव नेकपा र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको माओवादी केन्द्रबीच सहमति भएको हो ।
सहमतिमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न सहकार्य गर्ने, क्रान्तिकारीहरू एकताको लक्ष्य राखी सहकार्य गर्ने र यस प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीलाई पनि सहभागी गराउने उल्लेख गरिएको छ ।
हालै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारसँग सहमति गरेर विप्लव नेकपा शान्तिपूर्ण राजनीतिमा आएको सार्वजनिक गरिएको थियो ।
यस्तो छ सहमतिपत्र –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।