शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

प्रचण्डलाई संसदमा लाग्यो अर्काे झड्का !

प्रचण्डलाई संसदमा लाग्यो अर्काे झड्का !

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २३ २०७७

  • 11.0K
    SHARES

  • प्रचण्डलाई संसदमा लाग्यो अर्काे झड्का !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विवादमा सिंहदरबारभित्र रहेको संघीय संसद सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका नयाँ प्रमुख सचेतक विशाल भट्टराईलाई मान्यता दियो ।

    यसरी नेकपा प्रचण्ड–नेपाल पक्षका प्रमुख सचेतक देव गुरुङको पद खोसियो । संसद सचिवालयको यस निर्णयबाट प्रचण्डलाई धक्का लागेको बेला आईतबार सिंहदरबारस्थित संसद सचिवालयमै पुगेका बेला प्रचण्डलाई अर्काे धक्का लागेको छ ।

    नेकपा प्रचण्ड–नेपाल पक्षले संसदीय दलको नेता प्रचण्डलाई बनाएको पत्र संसद सचिवालयले सिधै दर्ता गर्न मानेको छैन । जसले गर्दा प्रचण्ड पक्ष अप्ठ्यारोमा परेको छ ।

    संसद सचिवालयका महासचिव भरतराज गौतमले कानूनी परामर्श लिए पछि मात्रै पत्र दर्ता गरेर अगाडि बढ्ने जवाफ दिएका छन् । नेकपा प्रचण्ड–नेपाल पक्षको पत्र महासचिव गौतमले लिएर राखे पनि दर्ताको प्रक्रिया अगाडि नबढाएको स्रोतले जनाएको छ ।

    प्रचण्डको पत्र ग्रहण गरेका महासचिव गौतमले दर्ता पक्रिया बुझेपछि मात्रै जवाफ दिने बताएका जनाइएको छ । प्रचण्ड–नेपाल पक्षका बहुमत सांसदसहित दलको नेता प्रचण्ड भएको जानकारी गराउन पत्र बोकेर प्रचण्ड–नेपालसहित सांसदहरू सचिवालयमा पुगेका थिए ।

    अध्यक्ष प्रचण्डलाई दलको नेता गत शुक्रवार भएको प्रचण्ड–नेपाल पक्षको दलको बैठकले निर्णय गरेको थियो । बैठकमा ११५ सांसद उपस्थिति भएका दाबी गरिएको छ ।

    यसअघि प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाले  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भेट गरेका थिए । आज आईतबारका लागि आह्वान गरिएको प्रतिनिधिसभा अधिवेशनअघि सापकोटाले प्रचण्ड र नेपाललाई भेटेका हुन् ।

    नेकपाभित्र आधिकारिकता विवाद रहेका बेला सभामुख सापकोटाले एउटा पक्षका अध्यक्षद्वय प्रचण्ड र नेपाललाई भेट्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

    आईतबार बिहान सभामुख सापकोटाको कार्यकक्षमा पुगेर प्रचण्ड र नेपालले भेटवार्ता गरेका छन् । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले भेटवार्ताको पुष्टि गरे पनि भेटमा भएको कुराकानीको विषयवस्तु थाहा नभएको बताएका छन् ।

    आज अपराह्न ४ बजे संसद बैठक बस्दैछ । नेकपा २ पक्षमा बाँडिए पनि औपचारिक रूपमा विभाजित नभइसकेको र दुबै पक्षले आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक घोषणा गरेको अवस्थामा बस्न लागेको संसद बैठकप्रति सबैको चासो छ ।

    संसद सचिवालयले भने प्रधानमन्त्री केपी शर्मा ओलीले हालै नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराईलाई मान्यता दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend