आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

बालुवाटारमा नेकपा संसदीय दलको बैठक सकियो, केपी ओलीको पक्षमा बहुमत पुग्यो ?

बालुवाटारमा नेकपा संसदीय दलको बैठक सकियो, केपी ओलीको पक्षमा बहुमत पुग्यो ?

  • मिडिया डबली
  • शनिवार, फाल्गुण २२ २०७७

  • 21.9K
    SHARES

  • बालुवाटारमा नेकपा संसदीय दलको बैठक सकियो, केपी ओलीको पक्षमा बहुमत पुग्यो ?

    काठमाडौं – प्रतिनिधि सभामा स्पष्ट बहुमत रहेको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यतिबेला विभाजनको अवस्थामा छ । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष छुट्टाछुट्टै बैठक र भेला गर्दै आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेका छन् ।

    शुक्रबार संसदीय दलको बैठक राख्दै प्रचण्ड संसदीय दलको नेता चयन भएका छन् । त्यसको भोलिपल्ट शनिबार प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा ओली पक्षले संसदीय दलको बैठक राख्दै बहुमत सांसदको सहभागिता रहेको दाबी गरेको छ ।

    संसदीय दलको बैठकमा सहभागी भएपछि सञ्चारकर्मीलाई जानकारी दिँदै सांसद चक्रप्रसाद स्नेहीले बालुवाटारको बैठकमा ११५ जनाभन्दा बढी व्यक्ति उपस्थित भएको जानकारी दिए ।

    बैठकमा प्रधानमन्त्री ओलीले भोलि संसद बैठकमा आफ्नो पक्षमा १२० सांसद पुग्ने जानकारी दिएका सांसद खिमलाल भट्टराईले जानकारी दिए । ‘उहाँले भोलि हाम्रो संख्या १२० पुग्छ । तपाईंहरु आत्मविश्वासका साथ एकढिक्का भएर अघि बढ्नुस् भन्नुभयो,’ भट्टराईले भने ।

    प्रधानमन्त्री ओलीले बैठकमा देश र जनताको पक्षमा सरकार लागेको दाबी गर्दै आफ्ना सांसदलाई संसदमा सरकारको बचाउ गर्न निर्देशन दिए । ‘हामी देश र जनताको पक्षमा छौं । जीत हाम्रो हुन्छ,’ ओलीले बैठकमा भनेका छन् ।

    सांसद भट्टराईले प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्ताव आएमा पारित हुन नसक्ने दाबी गरेका छन् । ‘अविश्वासको प्रस्ताव आए पनि जे आए पनि जसरी सरकार अघि बढेको छ, त्यस हिसाबले पास हुँदैन, ढुक्क हुनुस्,’ उनले भने ।

    भोलि आईतबार अपराह्न ४ बजे प्रतिनिधिसभा बैठक बस्ने गरी अधिवेशन आह्वान गरिएको छ । प्रतिनिधिसभा बैठक अघि नेकपाका दुबै पक्षले आफूतिर बहुमत रहेको दाबी गर्दै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend