काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफूहरूको महान् आकांक्षा रहेको बताएका छन् ।
शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर समारोहमा बोल्दै महासचिव विप्लवले नेपाललाई सुन्दर र स्वाधिन देश बनाउने सपना नै आफ्नो आकांक्षा रहेको बताए ।
‘हाम्रो महान् आकांक्षा छ । नेपाललाई सुन्दर र स्वाधिन देश बनाउने सपना छ,’ विप्लवले भने, ‘दीर्घशान्ति, स्थिरता र समृद्धिको आकांक्षा छ । समृद्ध जीवनको चाहना योभित्र रहेको छ ।’
यसअघि गृहमन्त्री रामबहादुर थापा नेतृत्वको सरकारी टोली र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ नेतृत्वको विप्लव नेकपाको वार्ता टोलीबीच ३ बुँदे सम्झौता भएको थियो ।
वार्तामा विप्लवले शान्तिपूर्ण राजनीति गर्ने र सरकारले सबै मुद्दा फिर्ता लिने सहमति भएको थियो । सहमतिपछि सरकारले विप्लव नेकपामाथि लगाएको प्रतिबन्ध समेत हटाइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।