बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

केपी ओलीको त्यो एसएमएस आएपछि प्रचण्डको ‘एक्सन’

केपी ओलीको त्यो एसएमएस आएपछि प्रचण्डको ‘एक्सन’

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 13.6K
    SHARES

  • केपी ओलीको त्यो एसएमएस आएपछि प्रचण्डको ‘एक्सन’

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्ष छुट्टाछुट्टै रणनीतिमा छन् ।

    फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान भएकाले बैठक बस्ने दिन नजिकिँदै गर्दा विभिन्न पक्षको सक्रियता झन् बढेको छ ।

    यस्तै बेला बिहीवार प्रधानमन्त्री ओली पक्षले नेकपा संसदीय दलको बैठक बोलाउँदै ओली, प्रचण्ड–नेपाल सबै पक्षका सांसदलाई एसएमएस पठायो । ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्ड–नेपालसहित सबै सांसदलाई निम्तो पठाएका थिए ।

    ओली पक्षले भोलि फागुन २२ गते दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएको छ । ओलीले बैठकमा बोलाएर सांसदहरू आफूतिर तान्न सक्ने सम्भावनाबीच प्रचण्डले त्यसविरुद्ध एक्सन थालेका छन् ।

    नेकपा प्रचण्ड–माधव पक्षले आज शुक्रवार दिउँसो १ बजेका लागि सिंहदरबारमा ससंदीय दलको बैठक बोलाएको छ भने ओली पक्षले शनिवार दिउँसो ३ बजे दलको बैठक बोलाएको छ ।

    प्रचण्ड–नेपाल पक्षले शुक्रवार बोलाएको बैठकमा प्रधानमन्त्री विरुद्धको अविश्वास प्रस्तावबारे छलफल गर्ने भएको छ । प्रचण्ड–नेपाल पक्षले यसअघि नै अविश्वास प्रस्ताव दर्ता गरे पनि प्रस्ताव अगाडि बढाउने वा फिर्ता लिएर अर्को प्रक्रियामा जाने भन्ने विषयमा समेत छलफल गर्ने स्रोतले जनाएको छ ।

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समेत शुक्रवारै बस्दैछ । कांग्रेसले दिउँसो २ बजे संसदीय दलको बोलाएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend