आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

संसद बैठकअघि ओली पक्षको बैठकमा प्रचण्डका सबै सांसदलाई निम्तो, नेकपाभित्र खैलाबैला !

संसद बैठकअघि ओली पक्षको बैठकमा प्रचण्डका सबै सांसदलाई निम्तो, नेकपाभित्र खैलाबैला !

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २० २०७७

  • 6.8K
    SHARES

  • संसद बैठकअघि ओली पक्षको बैठकमा प्रचण्डका सबै सांसदलाई निम्तो, नेकपाभित्र खैलाबैला !

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा संसदीय दलको बैठकका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायत सबै सांसदलाई निम्तो पठाइएको छ ।

    संसदीय दलको बैठकमा बोलाउन नेकपाले सांसदहरुलाई एसएमएस पठाउने गरिएको छ ।

    प्रधानमन्त्री ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले प्रचण्डसहित सबै सांसदलाई फागुन २२ गते संसदीय दलको बैठकमा उपस्थित हुन निम्तो पठाइएको बताएका छन् ।

    भट्टराईले भने, ‘हामीले सबै सांसदहरुलाई एसएमएस पठाएका छौं ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षमा लागेका देव गुरुङलाई हटाएर भट्टराईलाई प्रमुख सचेतक बनाइसकेका छन् ।

    नेकपा प्रचण्ड–नेपाल पक्षले भने उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी र भट्टराईलाई कारबाही गरेको जानकारी संघीय संसद सचिवालयमा दिएको छ । 

    प्रमुख सचेतक भट्टराईलाई ओलीले प्रमुख सचेतकको जिम्मेवारी दिएपनि सभामुख अग्नि सापकोटाले हालसम्म भेट्न समय दिएका छैनन् । सापकोटाले भेट्न समय नदिएपछि भट्टराईले असन्तुष्टि व्यक्त गरेका छन् ।

    ओलीको नियुक्तिपछि संसद सचिवालयले भट्टराईलाई दलको प्रमुख सचेकतका रुपमा कार्यकक्ष, सवारीसाधन लगायतको सुविधा दिइसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend