आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अमेरिकी विदेशमन्त्रीले भने - अन्तर्राष्ट्रिय प्रणालीको दुरुपयोगका लागि चीन जिम्मेवार 

अमेरिकी विदेशमन्त्रीले भने - अन्तर्राष्ट्रिय प्रणालीको दुरुपयोगका लागि चीन जिम्मेवार 

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण १८ २०७७

  • 13.4K
    SHARES

  • अमेरिकी विदेशमन्त्रीले भने - अन्तर्राष्ट्रिय प्रणालीको दुरुपयोगका लागि चीन जिम्मेवार 

    वाशिङ्टन - अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्‍केनले चीनले अन्तर्राष्ट्रिय प्रणाली दुरुपयोग गरेको आरोप लगाएका छन् । उनले यसअघि आफ्नो चिनियाँ समकक्षीसँगको पहिलो संवादका क्रममा चीनले सिन्जियाङ, हङकङ र तिब्बतमा मानवअधिकार उल्लंघनको मुद्दा उठाएका थिए ।

    अमेरिकी विदेशमन्त्री ब्लिन्केनले संयुक्त राज्य अमेरिका सिन्जाङमा, तिब्बत र हङकङ लगायतका क्षेत्रमा भएका मानवअधिकार उल्लंघनको विपक्षमा उभिने रप्रजातान्त्रिक मूल्यमान्यताको पक्षमा उभिन अडान जारी रहने बताएका छन् । 
     
    उनले अमेरिकामा भएको सैन्य कूको विरोध गर्दै निर्वाचित सरकार फिर्ताका लागि अन्तर्राष्ट्रिय समुदायले गर्ने सामूहिक निन्दाको पक्षमा आउनसमेत चीनलाई आग्रह गरेका छन् । 

    हालैका वर्षहरूमा चीनले तिब्बतमा गरेको मानवअधिकार उल्लंघनको बारेमा पश्चिमी देशहरूको कडा आलोचना गरेका छन् र सिन्जियाङमा उइगर र अल्पसंख्यक मुस्लिममाथि भएको 'नरसंहार' को चर्को विरोध गरेका छन् । यस्ता घटना रोक्‍नसमेत चीनलाई आग्रह गरिएको छ । 

    त्यसैगरि हङकङमा प्रजातन्त्रको पक्षमा विरोध प्रदर्शनहरु बढ्दै गएपछि चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन जारी गर्दै सरकार विरोधीहरुलाई नियन्त्रणमा लिने र जेलमा राख्‍ने क्रमलाई तिव्रता दिएको छ ।

    यी घटनाहरुलाई स्मरण गराउँदै विदेशमन्त्री ब्लिन्केनले अमेरिकाले आफ्ना साझेदार मुलुकहरु र साझेदारहरुसँग मिलेर आफ्नो साझा मूल्य र हितको रक्षा गर्न चीनलाई उत्तरदायी बनाउनको लागि ताइवान सामुद्रिक पार लगायत भारत-प्रशान्तमा स्थिरता खतरामा पार्ने प्रयासको लागि जिम्मेवार ठहर्‍याउने बताएका हुन् । 

    उनले नियममा आधारित अन्तर्राष्ट्रिय प्रणालीको अवमूल्यन नगर्नसमेत चेतावनी दिएका छन् । चीनले लगभग १.३ मिलियन वर्ग माइल दक्षिण चीन सागरलाई आफ्नो सार्वभौम क्षेत्रको रूपमा दावी गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend