आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

चुनावी भिडन्तमा प्रचण्ड पक्षलाई हराउँदै एक्लै केपी ओली पक्ष विजयी 

चुनावी भिडन्तमा प्रचण्ड पक्षलाई हराउँदै एक्लै केपी ओली पक्ष विजयी 

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण १८ २०७७

  • 23.2K
    SHARES

  • चुनावी भिडन्तमा प्रचण्ड पक्षलाई हराउँदै एक्लै केपी ओली पक्ष विजयी 

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्ष चुनावी भिडन्तमा सहभागी भएका छन् ।

    रुपन्देहीमा होटल तथा रेस्टुुरेन्ट व्यवसायी संघको निर्वाचनमा ओली र प्रचण्ड पक्षबीच भिडन्त हुँदा ओली पक्ष निकट उम्मेदवार अध्यक्ष पदमा विजयी भएका छन् ।

    अध्यक्ष पदमा ओली पक्ष निकटका रामप्रसाद गौतम निर्वाचित भएका छन् । संघको निर्वाचनमा नेकपा ओली पक्ष एकतर्फ र अन्य सबै दल र पक्ष अर्कोतिर प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । सोमवार भएको मतदानमा ओली पक्षका गौतम निर्वाचित भएका हुन् ।

    चुनावमा निकटम प्रतिस्पर्धी जीवनप्रसाद श्रेष्ठलाई पराजित गर्दै गौतम अध्यक्षमा निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ । प्रचण्ड–नेपाल, नेपाली कांग्रेस सहितका ४ दलको समर्थनमा श्रेष्ठ निर्वाचन प्रतिस्पर्धामा सहभागी भएका थिए ।

    समितिको वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम, प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी, द्वितीय उपाध्यक्षमा रोमकान्त पाण्डे निर्वाचित भएका छन् ।

    महासचिव पदमा माधवकुमार खनाल निर्वाचित भएका छन् भने कोषाध्यक्षमा टंकप्रसाद पराजुली निर्वाचित भएका छन् । सचिव पदमा अर्जुन थापा र सहकोषाध्यक्ष पदमा खिमराज पोखरेल निर्विरोध चयन भएका छन् ।

    समितिको सदस्यमा अर्जुन पोखरेल, थम्मन भण्डारी, उमेश सापकोटा, तुलसीराम पराजुली, माधव ढकाल, टंकप्रसाद पोखरेल, रामबहादुर न्यौपाने, कृष्ण प्रसाद पाण्डे, डिल्लीराज अर्याल केशवराज कंडेल, खुमराज ज्ञवाली निर्वाचित भएको प्रमुख निर्वाचन आयुक्त यामलाल खनालले बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend