बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

प्रचण्ड नेकपामा ठूलो विद्रोह, पदीय भागबण्डा नमिल्दा खैलाबैला !

प्रचण्ड नेकपामा ठूलो विद्रोह, पदीय भागबण्डा नमिल्दा खैलाबैला !

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १० २०७७

  • 6.0K
    SHARES

  • प्रचण्ड नेकपामा ठूलो विद्रोह, पदीय भागबण्डा नमिल्दा खैलाबैला !

    काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका युवा नेता हिमाल शर्माले काठमाडौं जिल्लाको सचिव पदमा नबस्ने घोषणा गरेका छन् ।

    नेकपा प्रचण्ड–नेपाल पक्षले पदीय भागबण्डा गर्दै ६८ जिल्लामा अध्यक्ष र सचिवको टुंगो लगाउँदा शर्मालाई काठमाडौं जिल्लाको सचिवमा राखिएको छ ।

    काठमाडौं जिल्लामा पूर्व एमालेको तर्फबाट बसन्त मानन्धर अध्यक्ष बनेका छन् भने साविक नेकपाका सचिव रहेका शर्मालाई सचिव नै राखिएको छ । 

    शर्मा पूर्व माओवादीमा विद्यार्थी नेता रहेका थिए । उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट नेता मानिन्छन् ।

    पदीय भागबण्डाको नामावली सार्वजनिक भएपछि नेता शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो लागि बधाई भन्ने कुरो नै के छ र ? केन्द्रको औपचारिक परिपत्रसम्म त धैर्य गरौं । बसन्त मानन्धरप्रति मेरो सम्मान छ ।’ 

    नेता शर्माको स्टेटसलाई राजनीतिक वृत्तमा असन्तुष्टिका रुपमा हेरिएको छ ।

    स्टेटसबारे सञ्चारमाध्यमसँग कुरा गर्दै शर्माले भनेका छन्, ‘दिउँसो आएको जुन पत्र छ, त्यो रफ होला जस्तो मलाई लागेको छ । औपचारिक परिपत्रमा मलाई सचिव राखिन्न ।’ 

    शर्माले आफू काठमाडौंको सचिवमा नबस्ने घोषणा समेत गरे । ‘म काठमाडौंको सचिव बस्दिनँ,’ उनले भने ।

    नेकपा ओली पक्षसँग छुट्टिएर अलग रहेर प्रचण्ड–नेपाल पक्षले छुट्टै गतिविधि गरिरहेका बेला सोमबार जिल्ला अध्यक्ष र सचिवको नयाँ नामावली सार्वजनिक भएको छ ।

    यस्तो छ नयाँ पदीय जिम्मेवारी बाँडफाँड –

    p1.jpgp2.jpgp3.jpgp4.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend