काठमाडौं – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव ‘फेल’ भएको छ ।
शनिवार अमेरिकी सिनेटमा भएको मतदानमा महाअभियोग प्रस्ताव पास गर्नका लागि आवश्यक दुईतिहाई मत प्राप्त नभएपछि असफल भएको हो ।
तर सिनेटमा प्रस्तावको विपक्षभन्दा पक्षमा बढी मत परेका थिए । भोटिङका क्रममा ट्रम्पको पक्षमा ४३ मत परेको थियो भने विपक्षमा ५७ मत परेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पलाई दोषी करार गर्नका लागि सिनेटमा दुईतिहाई मत आवश्यक हुन्छ ।
ट्रम्पमाथि अमेरिकी संसद भवनमा भएको हिंसामा आफ्ना समर्थकलाई उक्साएको आरोपमा महाअभियोगको प्रस्ताव लगाइएको थियो । ट्रम्पका वकिलले भने ट्रम्पमाथि हिंसा भड्काएको भनेर लगाइएको आरोप झूटा भएको दाबी गर्दै आएका थिए ।
ट्रम्पमाथि दोस्रो पटक लगाइएको महाअभियोग प्रस्ताव पनि पास हुन सकेन । उनी पदबाट हटेपछि महाअभियोगको प्रस्ताव सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । यसअघि पदमै रहँदा लगाइएको महाअभियोग प्रस्ताव समेत पारित हुन सकेको थिएन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।